ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुई किराँती मातृभाषा जनगणनामा थप्न सुझाव


admin

काठमाडौँ, २० वैशाख । याक्खा भाषाको वर्ण निर्धारण गर्न धनकुटा जाँदा जनगणनामा उल्लेख नभएका तर धनकुटामा बोलिने दुई मातृभाषा (मुगाली र मारेक याक्खा) फेला परेका छन् ।

धनकुटा मारेकमा बोलिने ‘मारेक याक्खा’ भन्न सकिने बेग्लै किराँती भाषा प्रमाणित भएको भाषाविद् प्रा डा माधवप्रसाद पोखरेलले बताउनुभयो । समर इन्स्टिच्युट अफ लिङ्ग्विस्टिक्सले ‘लुम्बा याक्खा’ भन्ने छुट्टै मातृभाषा धनकुटाको मारेक कटहरेमा बोलिन्छ भन्ने सूचना इ २०१२ भन्दा अगाडिसम्म दिए पनि त्यस संस्थाले प्रकाशन गर्ने विश्वभरका झण्डै सात हजार मातृभाषाको लगत दिने ‘एथ्नोलग’ भन्ने ग्रन्थको इ २०१२ को संस्करणपछि हटाइयो । यसरी धनकुटा र सङ्खुवासभामा बोलिने मातृभाषा याक्खा एथ्नोलगको लगतमा रह्यो तर मारेक कटहरेमा बोलिने ‘लुम्बा याक्खा’ को उल्लेख र अस्तित्व भने हराएको थियो ।

जनगणनामा उल्लिखित मुगुको ‘मुगाली’ बाहेक त्यही नामको अर्को किराँती भाषा फेला परेको प्रा डा पोखरेलले बताउनुभयो । उहाँका अनुसार धनकुटाको मुगामा बोलिने ‘मुगाली’ लाई छुट्टै मातृभाषाको उल्लेख अहिलेसम्म कतै कसैले गरेको छैन । मुगाकै फाङ्दुवामा बोलिने किराँती भाषा फाङ्दुवालीको भने जनगणनामा उल्लेख छ । “राष्ट्रिय जनगणनामा ‘मुगाली’ भन्ने मातृभाषाको नाम त छ तर त्यो मातृभाषा धनकुटा मुगाको नभएर मुगुको एउटा भोटात्मक भाषा हो, धनकुटाको किराँती भाषा होइन”, भाषाविद् प्रा डा पोखरेल बताउनुहुन्छ ।

धनकुटा र सङ्खुवासभाका याक्खा भाषा बोल्ने मातृभाषीसँगको अन्तरक्रियामा ११ वर्ष अगाडि रामजी कोङ«ेनको शब्दकोष बनाउने क्रममा एक वक्ताको बोलीका आधारमा डा पोखरेलले गरेको वर्ण निर्धारणमा जति वर्ण प्रमाणित भएका थिए, गाउँ गाउँका बेग्लाबेग्लै मातृभाषीसँगको अन्तरक्रियामा याक्खा भाषाको वर्णमालामा सात वर्ण थपिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com