ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नुवाकोटका ७८ प्रतिशत लाभग्राही पुनःनिर्माणमा व्यस्त


admin

नुवाकोट, १९ वैशाख।  विनाशकारी भूकम्प गएको तीनवर्ष पूरा हँुदा क्षति पुगेका आवास पुनःनिर्माणले नुवाकोटमा बल्ल गति लिन शुरु गरेको छ ।

निर्माण सामग्री र दक्ष जनशक्ति अभाव तथा आवास निर्माण बापत् पाउने अनुदान रकमको वितरण प्रक्रिया प्रभावकारी नहुँदा सुस्त रहेको पुनःनिर्माणले पछिल्लो समय केही गति लिएको जिल्ला आयोजना कार्यान्वयन इकाइले जनाएको छ ।

जिल्लाका ६९ हजार २८९ लाभग्राहीमध्ये हालसम्म घरको जग तहसम्म निर्माण सम्पन्न गरी दोस्रो किस्ताको अनुदान सिफारिश हुनेको संख्या ५० हजार ८९ घरधुरी छन् । आवास निर्माणको जग तह पूरा गरी दोस्रो किस्ताको लागि रु एक लाख ५० हजार पाउन निवेदन दिनेको संख्या ५१ हजार भन्दा बढी भएकाले तोकिएको मापदण्ड पूरा गरेका लाभग्राहीलाई अनुदान उपलब्ध गराउन सिफारिश गरिएको इकाइ प्रमुख विदुर खड्काले जानकारी दिनुभयो । उहाँको अनुसार आवास निर्माण गरी दोस्रो किस्ताको अनुदान रकम लिने कूल लाभग्राही ७८ प्रतिशत रहेका छन् ।

“तोकिएको मापदण्डअनुसार आवास निर्माण सम्पन्न गरी तेस्रो किस्ताको रकम पाउने लाभग्राहीको संख्या निकै कम रहेको छ,” खड्काले भन्नुभयो – “घर सम्पन्न गरी तेस्रो किस्ता पाउनेको संख्या सात हजार ५०० सय छ ।

शौचालयसमेतको आवास निर्माण गरी तेस्रो किस्ता बापत् रु एक लाख अनुदान पाउने लाभग्राहीको संख्या कूल लाभग्राहीमध्ये ११ प्रतिशत मात्र छ ।

आवास निर्माण गर्ने लाभग्राहीको संख्या धेरै भएपनि निर्माण सम्पन्न भएको घरको प्रविधिज्ञमार्फत स्वीकृत नहुँदा तेस्रोे किस्ताको अनुदान पाउने लाभग्राही कम देखिएको इकाइका इञ्जिनियर उरुषा शाक्यले जानकारी दिनुभयो ।

सात बस्तीमा घर सम्पन्न शून्य 

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको जिल्ला समन्वय समितिको सचिवालयको तथ्याङ्क अनुसार साविकका सात गाविसहरु शिखरवेशी, सामरी, समुन्द्रादेवी, लिखु, हल्देकालिका, दुईपिपल र घ्याङफेदीमा आवास निर्माण सम्पन्न हुने घरधुरी शून्य छ ।

प्रभावितले आवास निर्माण सम्पन्न गरेपनि घर परीक्षण गर्ने प्रविधिज्ञको अभाव, दोस्रो किस्ता वितरणको समयसीमा असार मसान्तसम्म तोकिएकाले त्यसतर्फ बढी केन्द्रित भइरहेकाले तेस्रो किस्ता सिफारिश गर्न समय दिन नसकेको शिखरबेसीमा खटिएका इञ्जिनियर आशिष अधिकारीले बताउनुभयो ।

“आवास निर्माण गर्ने घरधुरी संख्या शिखरवेशीमा तीनसय भन्दा बढी रहेको अनुमान छ,” अधिकारीले भन्नुभयो – “चार जना प्रविधिज्ञको दरबन्दी हुनुपर्नेमा असिस्टेन्ट सब–इञ्जिनियर र आफूमात्र रहेकाले तेस्रो किस्ताको सिफारिश जेठ महिना लागेपछि मात्र शुरु गर्ने योजना छ ।”

चौध हजार बढीले अनुदान रकम पाएनन् 

भूकम्पले आवास गुमाएका लाभग्राहीमध्ये १४ हजार ५४६ ले निर्माण गरेको भवन तोकिएको मापदण्डअनुसार नभएको भन्दै अनुदान उपलब्ध गराउन रोक लगाइएको छ । मापदण्ड पूरा नभएका घरको प्रवलीकरण गरी बलियो बनाएर विपद् प्रतिरोधी बनाउन इञ्जिनियर परिचालन गर्ने तयारी गरिरहेको इकाइका इञ्जिनियर शाक्यले बताउनुभयो । उहाँको अनुसार त्यसका लागि अर्को सातादेखि स्थलगत खटिएका प्रविधिज्ञलाई तालीम दिने तयारी गरिएको छ । मापदण्ड पूरा नभएका अधिकांश आवास भूकम्प पछि बनाइएको तर, आवास निर्माणमा सहयोग पु¥याउन प्रविधिज्ञ परिचालन हुनुपूर्व बनेका घर बढी छन् ।

अनुदान लिएका तेह्र हजारले घर बनाएनन् 

लाभग्राही सूचीमा रहेका सबैलाई घर बनाउन शुरु नै नगरी पहिलोे किस्ता रकम उपलब्ध गराउने सरकारी नीतिले नुवाकोटका १३ हजारले घर नबनाई अटेर गरेका छन् ।

यहाँ रहेका ६९ हजार २८९ लाभग्राहीमध्ये ६४ हजार ५३ परिवारले पहिलो किस्ता बापत् रु ५० हजार अनुदान रकम लिएका छन् । पहिलो किस्ता बापत् अनुदान लिएकामध्ये ५१ हजार ९६० ले मात्र घर बनाउन शुरु गरेको सरकारी तथ्याङ्क छ ।

“अनुदान लिएका करिब १३ हजार परिवारले अझै घर बनाउन शुरु नै गरेका छैनन्,” इकाइ प्रमुख खड्काले भन्नुभयो – “घर नबनाउनेमा कमजोर आर्थिक अवस्था, विस्थापित भएका र केही फर्जी लाभग्राही समेत छन् ।”

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com