ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

३३ किलो सुन तस्करी प्रकरण: एसएसपी लोहनी पक्राउ


admin

काठमाडौं, १९ वैशाख । त्रिभुवन विमानस्थलबाट भएको ३३ किलो सुन तस्करी प्रकरणमा बयान दिन मोरङ पुगेका नेपाल प्रहरीका एसएसपी दिवेश लोहनीलाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिएको छ । बयान दिन पुगेका लोहनीलाई प्रहरी कार्यालय मोरङले पक्राउ पूर्जी थमाउँदै नियन्त्रणमा लिएको हो।

उनले ३३ केजी सुन प्रकरणको अनुसन्धान गरिरहेको थिए । तर अनुसन्धानका क्रममा लोहनीमाथि नै शंका भएपछि गृह मन्त्रालयको निर्देशन बमोजिम प्रहरी प्रधान कार्यालय नक्सालले चैत २२ गते उनलाई जिम्मेवारीबाट मुक्त भएको पत्र थमाएको थियो।

उनीसँगै अनुसन्धानमा खटिएका डिएसपी प्रजित केसी र बालकृष्ण सञ्जेल पनि जिम्मेवारीमुक्त भएका छन्। डिएसपी केसी र सञ्जेललाई छानबिन समितिले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ।

सरकारले गठन गरेको उच्चस्तरीय छानविन समितिले यहि घटनामा यसअघिसम्म ६ जना प्रहरी नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ।

माघको पहिलो साता सुन त्रिभुवन विमानस्थल हुँदै बाहिरिएको थियो । सो सुन हराएपछि गिरोह भित्रै विवाद सिर्जना भएको थियो । सोहि घटनामा तीन जनाको ज्यान गएको छ । व्यापारी सनम शाक्यको हत्यापछि घटनाले चर्चा पाएको हो । शाक्यको परिवारले सुन तस्करीमा उच्चस्तरीय व्यक्तिहरुको पनि संलग्नता भएको भन्दै छानबिन गरि पाउ भन्ने निवेदन दिएपछि मन्त्रीपरिषद्को बैठकले अनुसन्धानका लागि उच्चस्तरीय छानविन समिति गठन गरेको थियो ।

त्यसपछि धेरै तथ्यहरु बाहिर आएको छ । अनुसन्धानको टोलीले सुन तस्करीमा ठुलो गिरोह सक्रिय रहेको, जसमा चर्चित व्यापारी, नेता, उच्च तहमा बसेका प्रहरी, साथै विमानस्थलका कर्मचारीको मिलेमतोमा सुन तस्करी हुने गरेको खुलासा भएको छ । प्रहरीले घटनामा संलग्न ६३ जनालाई पक्राउ गरिसकेको छ । साथै सुन तस्करीका मुख्य योजनाकार चुडामणि उप्रेती ‘गोरे’ माथि रेडकर्नर नोटिस जारी भएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com