ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वाग्मती तीर्थयात्रा सम्पन्न


admin
बैशाख १७, २०७५ सोमबार  ७ : ०७ बजे

काठमाडौँ, १७ वैशाख।  यही वैशाख १० गतेदेखि शुरु भएको वाग्मती तीर्थयात्राको समापन पशुपतिमा पूर्णाहुतिसहित गरिएको छ ।

कटुवाल दहबाट वाग्द्वारसम्म १८ कोशको दूरीमा भएको यात्राका क्रममा हिमवत्खण्डमा उल्लेख भएका नदी किनारका १६५ तीर्थ स्थानमा स्नान एवं पूजा र दर्शन गरिएको थियो । पशुपति रुद्रगाडेश्वरमा आयोजित यात्रा समापनको संकल्प पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले गर्नुभयो । यात्रा शुरुआतको संकल्प कोषका सदस्य सचिव डा प्रदीप ढकालले गर्नुभएको थियो । यात्रा समापनका अवसरमा वैदिक र तान्त्रिक दुवै विधिबाट पूजा गरियो ।

वाग्मती प्रदूषित भएपछि रोकिएको यात्रा ४० वर्षपछि पुनःसञ्चालन गर्न कोषले नेतृत्वदायी भूमिका निर्वाह गरेको थियो । यात्रामा गरिनुपर्ने विधिविधानका सबै काम पशुपति आगम घरका पुजारी मदन भट्टले पूरा गर्नुभयो । सत्र दिनको यात्रालाई यस वर्ष सात दिनमा झारिए पनि विधि सबै पूरा गरिएको उहाँले बताउनुभयो । अर्को वर्ष १७ दिनकै यात्रा चलाइने कोषले जनाएको छ ।

वाग्मती यात्रा सञ्चालन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयले पनि विशेष चासो दिएको थियो । मन्त्रालयले १०० दिनभित्र गर्ने काममा वाग्मती यात्रासमेत परेको छ । सो कार्यक्रम मन्त्री रवीन्द्रप्रसाद अधिकारीले चैत १६ गते सार्वजनिक गर्नुभएको थियो ।

सो यात्रा नेमुनिले चलाएको विश्वास गरिन्छ । सोक्रममा विभिन्न स्थानमा वाग्मतीको तन्त्र साधनासमेत गरिएको थियो । पशुपतिनाथका मूल भट्ट गणेश भट्टको उपस्थितिमा भक्ति र शास्त्रीय संगीतको कार्यक्रमसमेत गरियो । लामो समयदेखि रोकिएको यात्रा पुनःसञ्चालनले भावी पुस्तामा वाग्मती तीर्थ यात्राको महत्व चेतना जागृत हुने सदस्य सचिव डा ढकालले बताउनुभयो । यात्रामा उत्साहका साथ वाग्मती किनारवासी पनि सहभागी भएका थिए । चालीस वर्षपछि यात्रा सञ्चालनले वाग्मती सफाइ महाअभियानलाई समेत सहयोग पुग्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

धितोपत्र बजारको ‘अदृश्य खेल’: ५ अर्बको चलखेलदेखि अध्यक्षको राजीनामासम्म !

अमेरिकी सहायक मन्त्री कपुरको भ्रमण: दिल्ली र बेइजिंग सशंकित !

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

धितोपत्र बजारको ‘अदृश्य खेल’: ५ अर्बको चलखेलदेखि अध्यक्षको राजीनामासम्म !

अमेरिकी सहायक मन्त्री कपुरको भ्रमण: दिल्ली र बेइजिंग सशंकित !

एउटा प्राज्ञिक चमत्कार

नेकपा स्थापना दिवस : च्यासलको कार्यक्रममा ओलीले सम्बोधन गर्ने

काठमाडौंमा अब बसपार्कबाट मात्र यातायात सञ्चालन गर्नुपर्ने

नेपाली क्रान्तिलाई अगाडि बढाउन वामपन्थी तथा कम्युनिष्ट शक्तिबीच एकता आवश्यकः प्रचण्ड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com