ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वैदेशिक रोजगारीको लागि सरकारको नयाँ योजना


admin
बैशाख १४, २०७५ शुक्रबार  ८ : २९ बजे

काठमाडौँ, १४ वैशाख । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्टले श्रम स्वीकृतिलाई विकेन्द्रीकृत गर्ने सरकारको योजना रहेको बताउनुभएको छ ।

रोजगारका लागि श्रम बसाइँसराइ नामक संस्थाले आज आयोजना गरेको कार्यक्रममा मन्त्री विष्टले सबै स्थानीय तहमा श्रम स्वीकृति दिने व्यवस्था मिलाइने बताउनुभयोे ।

“रेमिट्यान्सलाई आयमूलक क्षेत्रमा लगाउने उद्देश्य पनि छ”, उहाँले भन्नुभयो । मन्त्रालयले छिमेकी मुलुकमा वैदेशिक रोजगारमा जाने र स्वीकृति लिएर जाने सबैको तथ्यांक राख्ने र विदेशबाट आउने रकम बैंकमार्फत मात्र पठाउने नियम बनाउने सरकारको योजना रहेको जानकारी उहाँले दिनुभयो ।

कार्यक्रममा विभिन्न सरोकारवाला व्यक्तिले विदेशबाट नेपालमा फर्कने कामदारको सीपको सदुपयोग हुनुपर्ने र उनीहरुको पुनस्र्थापना गर्नुपर्ने बताए । उनीहरुले निःशुल्क प्रवेशाज्ञा र फ्रि टिकटको व्यवस्था कार्यान्वयन नभएकामा आपत्तिसमेत जनाए ।

श्रमिकको अधिकार सुनिश्चित गर्न माग 

अखिल नेपाल ट्रेड युनियन महासंघका पदाधिकारीले श्रमिकको अधिकार सुनिश्चित गर्न माग गर्दै रोजगारमन्त्री विष्टको ध्यानाकर्षण गराएका छन् । महासंघका अध्यक्ष गणेश रेग्मीसहितको टोलीले मन्त्री विष्टलाई सामाजिक सुरक्षा कोष र श्रम ऐन कार्यान्वयन गर्नुपर्ने, मजदुरको तलब रु पाँच हजार वृद्धि गर्नुपर्ने, बेरोजगार युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्ने, वैदेशिक रोजगारलाई व्यवस्थित गर्नुपर्ने लगायत माग गरेको छ ।

ध्यानकर्षणपत्र ग्रहण गर्दै मन्त्री विष्टले कामअनुसार देशैभरिका श्रमिकले समान सुविधा र अवसर पाउने गरी केही दिनमै ठोस निर्णय ल्याउनका लागि बहुआयामिक ढंगबाट अध्ययन र छलफल भइरहेकोे बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

लुटिएका हतियार र सामाजिक सञ्जालको दुरुपयोग निर्वाचनमा मुख्य ‘थ्रेट’

अमेरिकी राष्ट्रपतिले कति झुठो वक्तव्वाजी गर्छन् ? टाइम्स रिपोर्ट

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

लुटिएका हतियार र सामाजिक सञ्जालको दुरुपयोग निर्वाचनमा मुख्य ‘थ्रेट’

अमेरिकी राष्ट्रपतिले कति झुठो वक्तव्वाजी गर्छन् ? टाइम्स रिपोर्ट

टिकट खोसिएपछि संविधान संशोधनको बहस: योगेशकुमार भट्टराईको ‘कम्ब्याक’ रणनीति?

‘केरल’ अब ‘केरलम’ : भाषिक पहिचानलाई संवैधानिक मान्यता

शुल्क तिर्न नसक्ने विपन्नको पक्षमा सर्वोच्चको ऐतिहासिक आदेश

झापा-५ : ओलीको विरासत जोगाउने लडाइँ कि बालेनको उभार? ‘म्याच फिक्सिङ’ आरोपबीच पेचिलो बन्दै चुनाव

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com