ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल भूकम्पको उच्च जोखिममा – विज्ञहरु


एबीसी न्यूज
बैशाख १३, २०७५ बिहीबार  ५ : ५० बजे

काठमाडौं,१३ वैशाख । भूगर्भशास्त्रीहरुले नेपाल अझै पनि भूकम्पको उच्च जोखिममा रहेको भन्दै सचेत र सर्तक हुन सुझाव दिएका छन् । नेपाल भौगर्भिक समाजले बुधबार राजधानीमा गरेको पत्रकार सम्मेलनमा भूगर्भविद् तथा विज्ञहरुले नेपालको भौगर्भिक अवस्था, भौगोलिक अवस्थिति, विगतको इतिहास र गोरखा भूकम्पका आधारमा नेपाल भूकम्पीय उच्च जोखिममा रहेको निश्कर्ष निकालेको भन्दै सतर्क हुन सुझाव दिएका हुन् ।

उनीहरुले गोरखा भूकम्पपछि गरिएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका धेरै अध्ययन अनुसन्धानले गोर्खा र दोलखा क्षेत्रमा भूकम्पीय जोखिम कायमै रहेको निश्कर्ष आएको भन्दै जुनसुकै बेला पनि उत्पन्न हुनसक्ने भूकम्पीय जोखिमबाट बच्न सशक्त तयारी आवश्यक रहेकोमा जोड दिएका छन् ।

विज्ञहरुले जमिनको भौगर्भिक अवस्थाको परीक्षण र सोही अनुसारको संरचना निर्माण र त्यसको व्यवस्थापन गर्न सुझाव दिएका छन् । नेपाल भौगर्भिक समाजका अध्यक्ष कविराज पौड्यालले सवै स्थानको भौगर्भिक अध्ययन गरेर भूकम्प जाँदा कम क्षति हुनसक्ने र बढी क्षति हुनसक्ने क्षेत्र पहिल्याई व्यवस्थित भू–उपयोग नीतिमार्फत जोखिम बढी हुन सक्ने स्थानमा खेती र कम हुने स्थानमा बस्ती तथा शहरीकरण बिस्तार गर्नुपर्ने बताए ।

त्यस्तै, भू–गर्भशास्त्री प्रा.डा तारानिधि भट्टराईले भूकम्पीय क्षति न्यूनिकरण गर्न चुनौती रहेको बताए । उनले त्यसका लागि राष्ट्रिय नीतिको खाँचो रहेको, रष्ट्रिय भू–उपयोग नीति २०६९ को कार्यान्वयन, विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन २०७४ को कार्यन्वयन, भूकम्प अध्ययन तथा अनुसन्धान केन्द्रको स्थापना, मानव संशाधनको विकास, सरकारी निकायमा प्राविधिकहरुको दरबन्दी सिर्जना गर्न सके भूकम्पबाट हुने क्षति न्यूनिकरण हुने बताए ।

भूकम्पविद सुधीर रजौरेले भूकम्पको भरपर्दो भविश्यबाणी गर्नसक्ने क्षमता हालसम्म विश्वमा कसैसँग नभएको बताए । उनले भूकम्पबाट हुनसक्ने क्षति कम गर्नुनै आजको आवश्यकता रहेकोमा जोड दिए । उनले भूकम्पबाट बच्न अपनाउनुपर्ने उपायबारे सुझाब दिदै वैज्ञानिक तथ्याङ्कहरुको कमी भएको बताए ।

कार्यक्रममा त्रिचन्द्र बहुमखी क्याम्पस भू–गर्भशास्त्रका प्रमुख दीपक चम्लागाईले हिमालयमा प्रायः गइरहने भूकम्पले चुरे भागमा दरार उत्पन्न गर्ने भएकाले तिनिहरुको उत्खनन् गरी दीर्घकालीन प्रकोपको अनुमान गर्न सकिने बताए ।

उनले झापाको दमकमा गरिएको एक अनुसन्धानअनुसार सन् ११४६–१२४५ बीचमा त्यस क्षेत्रमा करिब ५.५ मिटर जमिनमाथि उठ्नेगरी ८.६ देखि ९ म्याग्नेच्युड भन्दा ठूलो भूकम्प गई करिब ४५० किमि दरार उत्पन्न गरेको हुनसक्ने अध्ययनको निश्कर्ष रहेको बताए । अध्ययनका अनुसार त्यस क्षेत्रमा ८ सय बर्षदेखि विनासकारी भूकम्प नगएको र शक्ति सञ्चयको उच्चतम बिन्दुमा रहेको छ । त्यस्तै मध्यपूर्वी नेपालमा १९३४ सालमा भूकम्पले ठूलो क्षति गरे पनि दरारको मात्रालाई कम गरेको पुष्टि भएको छैन ।

कार्यक्रममा राष्ट्रिय भूकम्प मापन केन्द्रका सिस्मोलोजिष्ट मुकुन्द भट्टराईले स्थापनाकालदेखि नै विभिन्न प्रयास गरेको भन्दै देशभर २१ वटा भूकम्प मापन सञ्जालमार्फत भूकम्पको सुचना रेकर्ड गर्ने व्यवस्था मिलाएको जानकारी दिए । उनले तिनै सञ्जालमार्फत नेपालभित्र जाने .।० मान वा सो भन्दा साना र नेपालबाहिर जाने ४।५ वा सो भन्दा ठूला मानका भूकम्पहरु सहजै मापन गर्न सकिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

काठमाडौंमा हावाहुरी र गड्याङगुडुङसहित वर्षा, प्रदूषण घट्ने अपेक्षा

दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

नेपालमा लगानी बढाउन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान

भ्रष्टाचार मुद्दाबाट जोगिन अन्डरवर्ल्डदेखि तान्त्रिकसम्म प्रयोग गरेको आरोप

वाणिज्य विभागले भन्यो – व्यापारीले ग्यास लुकाएका छैनन्, मागअनुसार आपूर्ति नहुँदा अभाव भयो

समानुपातिक सांसदको सूची सार्वजनिक (सूचीसहित)

काठमाडौंमा हावाहुरी र गड्याङगुडुङसहित वर्षा, प्रदूषण घट्ने अपेक्षा

श्रीराम डिपोमा ६ हजार सिलिन्डर ग्यास फेला, उद्योगमा पनि बढाइयो निगरानी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com