ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बिहे नहुने भएपछि युवतीद्धारा आत्महत्या, दाइजो माग्ने पक्राउ


एबीसी न्यूज
बैशाख १२, २०७५ बुधबार   ११ : ०४   बजे

 

पर्सा, १२ वैशाख ।  दाइजोका लागि केटी पक्षलाई प्रताडना गरेको अभियोगमा पर्सा प्रहरीले केटाका बाबुलाई पक्राउ गरेको छ ।

पर्साको बहुदरामाई नगरपालिका–८ निवासी बच्चु भनिने जयनारायण साहलाई प्रहरीले पक्राउ गरेको हो । वीरगञ्ज महानगरपालिका–२३ प्रसौनीविर्ता निवासी दयालल साह तेलीकी १८ वर्षीया छोरी रविता कुमारी साह तेलीले दाइजोको कारण वैशाख ६ गते विवाहपूर्व नै पासो लगार्ई आत्महत्या गरेपछि सामाजिक सुधार ऐन २०३३ अनुसारको कसुर भएकाले साहलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको पर्साका प्रहरी उपरीक्षक डा गणेश रेग्मीले जानकारी दिनुभयो ।

पक्राउ परेका साहलाई मंगलबार सार्वजनिक गर्दै उपरीक्षक रेग्मीले बेहुलापक्षले दाइजोका लागि दिएको दबाबकै कारण रविताले विवाह हुने आठ दिनअघिनै आत्महत्या गरेको अनुसन्धानबाट खुलेपछि आवश्यक कारबाहीका लागि केटाका पिता साहलाई नियन्त्रणमा लिइएको बताउनुभयो ।

तीन लाख नगद, साइन मोटरसाइकल, सुनको सिक्री, औँठी, कपडा र घरायसी सामान दाइजोमा दिने सहमतिपछि बच्चु साहका छोरा शिवदयाल कुमार र रविताबीच यही वैशाख १४ गते विवाह गर्ने सहमति भएको थियो ।

दाइजोबारे सहमति भएको केही दिनपछि नै केटा पक्षले थप रु ८० हजार नगद माग गरेपछि दुवै पक्षमा तनाव उत्पन्न भएको र सोको जानकारी रवितालाई भएपछि घरको कोठामा वैशाख ६ गते पासो लगाई आत्महत्या गरेको अनुसन्धानबाट खुलेको उपरीक्षक रेग्मीले जानकारी दिनुभयो ।

उहाँले केटा पक्षले माग गरेको थप दाइजो रकमबारे रविताले शिवदयाललाई फोन गरी कुरा गर्दा माग गरिएको थप रकम नदिए विवाह नगर्ने बताएपछि रविताले आत्महत्या गरेको अनुसन्धानबाट देखिएको बताउनुभयो ।

दाइजोकै कारण विवाहपूर्व नै रविताले आत्महत्या गर्नु परेको लिखित उजुरी उनका परिवार पक्षले दिन नमानेपछि आत्महत्या गरिने कारकलाई वर्तमान कानूनले कारबाही गर्ने प्रस्ट व्यवस्था नभएका कारण जिल्ला प्रहरी कार्यालय, पर्साको प्रतिवेदनका आधारमा बच्चु साहलाई सामाजिक सुधार ऐनअनुसार मुद्दा चलाउने तयारी गरिएको उपरीक्षक रेग्मीले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।

पक्राउ परेका साहलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेका शिवदयाल साह भने फरार रहेको प्रहरीले जनाएको छ । फरार शिवदयालको खोजी भइरहेको प्रहरीले बताएको छ ।

दाइजो लिनु र दिनु दुवै दण्डनीय अपराध भएकाले यस्तो कार्य नगर्न नगराउन सबैलाई पर्सा प्रहरीले अनुरोध गरेको छ । दाइजो लिने वा दिने कार्यमा कोही संलग्न रहेका छन् भने त्यस्ता व्यक्तिबारे जानकारी दिन प्रहरीले सर्वसाधारणसँग अपिल पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पश्चिम तराईमा अत्यधिक गर्मी

विश्वकप २०२६ : क्यानडाको ऐतिहासिक रात, दक्षिण अफ्रिकाको आशा जीवित, मेक्सिको–दक्षिण कोरिया शीर्ष स्थानको लडाइँमा

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

दुई चिकित्सकसहित ५ जनालाई पक्राउ

पश्चिम तराईमा अत्यधिक गर्मी

विश्वकप २०२६ : क्यानडाको ऐतिहासिक रात, दक्षिण अफ्रिकाको आशा जीवित, मेक्सिको–दक्षिण कोरिया शीर्ष स्थानको लडाइँमा

होर्मुज जलडमरूमध्यमा नयाँ शुल्कको तयारी: इरानको घोषणा, खाडी मुलुकहरू असन्तुष्ट

विश्वकप २०२६ : माकोएनाको पेनाल्टीमा दक्षिण अफ्रिकाको पुनर्जागरण, चेकियासँग १–१ को बराबरी गर्दै नकआउट आशा जीवित

🚨 ब्रेकिङ : विश्वकपमा क्यानडाको ऐतिहासिक प्रदर्शन, कतारविरुद्ध ५–० को विशाल अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group