ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नाइजेरियामा बोको हरामद्वारा एक हजार बालबालिकाको अपहरण


एबीसी न्यूज
बैशाख १, २०७५ शनिबार   ५ : ५८   बजे

 

संयुक्त राष्ट्रसंघ, न्युयोर्क, १ वैशाख ।  नाइजेरियामा लडाकू समूह बोको हरामद्वारा अहिलेसम्म एक हजार बालबालिकालाई अपहरण गरिसकेको जनाएको छ ।  संयुक्त राष्ट्रसंघ बालकोष (युनिसेफ)ले शुक्रबार दिएको जानकारीअनुसार सन् २०१३ देखि अहिलेसम्म उत्तरपूर्वी नाइजेरियाबाट ती बालबालिका अपहरित भएका हुन् ।

लडाकूहरुले बालबालिकालाई हानी हुनेगरी विद्यालयमा पटकपटक आक्रमण गर्ने गरेको पनि युनिसेफले जनाएको छ ।

नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा द्वन्द्व शुरु भएको झण्डै नौ वर्षको अवधिमा १४ सयभन्दा बढी विद्यालयमा आक्रमणकारीले क्षति पु¥याएका छन् ।

यो अवधिमा बोको हरामको आक्रमणमा परेर दुई हजार २९४ जना शिक्षक मारिएका युनिसेफले तयार पारेको प्रतिवेदनमा उल्लेख छ ।

युनिसेफले थप जानकारी दिँदै भनेको छ, “धेरै विद्यालयमा अझै पनि फेरी पढाई शुरु हुनसकेका छैनन, विद्यालय अत्याधिक क्षति भएको र सुरक्षाको प्रत्याभूति अझै नभएकाले विद्यालय फेरी खुल्न नसकेका हुन् ।”

सन् २०१४ मा चिबोक भन्ने ठाउँको एउटा विद्यालयबाट २७६ जना बालिका अपहरण गरिएपछि विश्वको ध्यान त्यसतर्फ गएको थियो ।

यो दुःखद् घटना भएको चार वर्षसम्ममा एक सय बालिका मात्रै घर फर्केका युनिसेफले जनाएको छ ।

सबैभन्दा पछिल्लो घटनाअनुसार डाम्चीमा रहेको एउटा विद्यालयमा भएको आक्रमणमा परी कम्तीमा पाँच बालिका मारिएका छन् ।

यो पछिल्लो घटनाले त्यस क्षेत्रमा अहिलेसम्म पनि असुरक्षा र आतंक जारी छ भन्ने पुष्टि भएको अधिकारकर्मीले बताएका छन् ।

बालबालिकालाई असर पर्ने गरी विद्यालयमा पटक पटक भइरहेको आक्रमण अत्यन्त निन्दनीय छ,” नाइजेरियाका लागि युनिसेफका प्रतिनिधि मालिक फलले भन्नुभयो ।

सन् २००९ बाट बोको हराम आतंककारी समूहले गरेको आक्रमणमा परी दशौं हजार व्यक्ति मारिएका छन् भने २३ लाख व्यक्तिले आफ्नो थातथलो छोडी अन्यत्र जानुपरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रतिनिधिसभा बैठकमा बजेटबारे सम्बन्धित मन्त्रीले जवाफ दिने

चीन भ्रमण सकेर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

प्रतिनिधिसभा बैठकमा बजेटबारे सम्बन्धित मन्त्रीले जवाफ दिने

चीन भ्रमण सकेर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

तुइनखोलामा पहिरो हटाएर नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालन

पूर्व र मध्य भेगमा वर्षा, बागमतीदेखि सुदूरपश्चिमसम्मको तराई भेगमा गर्मी बढ्ने

“गरिब हुनु अपराध होइन”: क्षतिपूर्ति तिर्न नसकेकै भरमा जेल हाल्ने सीडीओको आदेश सर्वोच्चद्वारा खारेज(पूर्णपाठ)

विश्वकप डायरी : इङ्ग्ल्यान्डको शक्तिशाली सन्देश, घानाको संघर्षपूर्ण जित र पोर्चुगलको अप्रत्याशित ठेस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group