काठमाडौ जेठ ३१ गते । नेकपा एमाले नेता देवी प्रसाद सुवेदीले प्रधानमन्त्री बालेन साहको राजीनामा माग गरेका छन । एविसी टेलिभिजनको कार्यक्रम एविसी वाचमा उनले प्रधानमन्त्री बालेन साहको राजीनामा माग गरेका हुन । कार्यक्रममा उनले गम्भीर आपत्ति जनाउँदै राजीनामा दिएर मार्गप्रशस्त गर्न प्रधानमन्त्री साहलाई सुझाव दिएका छन । प्रधानमन्त्रीले राष्ट्रिय हित, सार्वभौमिकता र भौगोलिक अखण्डतासँग जोडिएको संवेदनशील विषयमा बोलेको भन्दै उनले राजीनामा माग गरेका हुन । प्रधानमन्त्रीको अभिब्यक्तिका कारण देशभित्र अन्योल र आशंका पैदा भएको दावी गर्दै उनले राजीनामा उपयुक्त बाटो भएको बताए । कार्यक्रममा उनले भने यो विषयलाई थप लम्ब्याउनुभन्दा निकास निकाल्न प्रधानमन्त्री लाग्नुपर्नेमा जोड दिए ।


















प्रतिक्रिया दिनुहोस्