ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
के मुद्धा लिएर जनतामाझ जान्छ उज्यालो पार्टी ?डा. लावती, उपाध्यक्ष, उज्यालो नेपाल पार्टी ▶
के मुद्धा लिएर जनतामाझ जान्छ उज्यालो पार्टी ?डा. लावती, उपाध्यक्ष, उज्यालो नेपाल पार्टी
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिका र इरानबीच गाडिएका आणविक सामग्री उत्खनन गरी नष्ट गर्ने सहमतिः राष्ट्रपति ट्रम्प


एबीसी न्यूज
जेष्ठ २२, २०८३ शुक्रबार   ९ : ३९   बजे

काठमाडौं २२ जेष्ठ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँगको वार्ता सकारात्मक दिशामा अघि बढिरहेको बताउँदै त्यहाँ गाडिएका आणविक सामग्रीहरू निकाल्न र नष्ट गर्न दुवै देश सहमत भएको दाबी गर्नुभएको छ । एक कार्यक्रममा बोल्दै राष्ट्रपति ट्रम्पले युद्ध समाप्त भएपछि अमेरिकी अधिकारीहरूले इरानी पक्षसँगको समन्वयमा इरानभित्र प्रवेश गरी ती सामग्रीहरू प्राप्त गर्ने जानकारी दिनुभयो । 
क्षेत्रीय तनाव र हालैका आक्रमणका बाबजुद पनि अप्रिलको सुरुदेखि लागू भएको अमेरिका–इरान युद्धविराम कायम रहेको ट्रम्पले बताउनु भयो । उहाँले जारी वार्तामा प्रगति भइरहेको र आगामी सप्ताहन्तसम्ममा एउटा अन्तरिम सम्झौता हुनसक्ने सङ्केत समेत गर्नुभयो । वार्तामा केही उतारचढाव आए पनि निकट भविष्यमा नै अमेरिकी टोली इरान जानेमा उहाँ विश्वस्त देखिनुहुन्छ । 
यसैबीच, इरानको सरकारी टेलिभिजन आईआरआईबीले ओमानको खाडीमा रहेको एक अमेरिकी युद्धपोतको कमान्ड सेन्टरलाई इरानी जलसेनाले निसाना बनाएको दाबी गरेको छ । इरानले अमेरिकी सेनाले हर्मुज जलसन्धिको नियम उल्लंघन गरेको र इरानी जहाजहरू विरुद्ध शत्रुतापूर्ण गतिविधि गरेकाले उक्त प्रतिक्रिया जनाएको बताएको छ । 
यद्यपि, अमेरिकी सेन्ट्रल कमान्डले इरानको उक्त दाबीलाई आधिकारिक रूपमा खण्डन गरेको छ । सामाजिक सञ्जाल एक्समार्फत जारी एक विज्ञप्तिमा अमेरिकाले इरानी दाबी असत्य रहेको स्पष्ट पारेको छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

सम्बन्धित

असममा खस्यो भारतीय वायुसेनाको विमान

तेहरान–वासिङ्टनबीच बर्फ पग्लिँदै : दशकौँको शत्रुता अन्त्यको दिशामा ?

एल निनो: पृथ्वीलाई तर्साउने अदृश्य ‘राक्षस’ कि प्रकृतिको चेतावनी?

इलोन मस्क बने विश्वका पहिलो ‘ट्रिलियन डलर’ धनाढ्य

कतार–इरान गोप्य कूटनीति: ‘रास लाफान’ ग्यास उत्पादन केन्द्रलाई जोगाउन इरानसँग गोप्य रूपमा वार्ता गरेको खुलासा

ओमानको खाडीमा अमेरिकी सेनाद्वारा तेस्रो तेल ट्याङ्कर निष्क्रिय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group