ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
के मुद्धा लिएर जनतामाझ जान्छ उज्यालो पार्टी ?डा. लावती, उपाध्यक्ष, उज्यालो नेपाल पार्टी ▶
के मुद्धा लिएर जनतामाझ जान्छ उज्यालो पार्टी ?डा. लावती, उपाध्यक्ष, उज्यालो नेपाल पार्टी
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सन् २०२६ को पाँच महिनामा भियतनाममा १ करोड ६ लाखभन्दा बढी अन्तर्राष्ट्रिय पर्यटकको आगमन


एबीसी न्यूज
जेष्ठ २२, २०८३ शुक्रबार   ९ : २०   बजे

काठमाडौं २२ जेष्ठ । भियतनामको राष्ट्रिय तथ्याङ्क कार्यालय (एनएसओ) ले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार सन् २०२६ को पहिलो पाँच महिनामा १०.६ मिलियन (१ करोड ६ लाख) अन्तर्राष्ट्रिय पर्यटकले भियतनामको भ्रमण गरेका छन् । यो संख्या गत वर्षको सोही अवधिको तुलनामा १४.९ प्रतिशतले बढी हो । तथ्याङ्क कार्यालयकाअनुसार जनवरीदेखि मे महिनासम्मको यस अवधिमा पर्यटकको यो आगमन हालसम्मकै कीर्तिमानी हो । स्थिर राजनीतिक तथा सामाजिक वातावरण, उदार भिसा नीति र प्रभावकारी पर्यटन प्रवद्र्धन अभियानका कारण पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको हो । यसका साथै पर्यटकीय सेवा र उत्पादनको गुणस्तरमा गरिएको सुधारले पनि यसमा महत्वपूर्ण भूमिका खेलेको एनएसओले जनाएको छ । तथ्याङ्कअनुसार मे महिनामा मात्रै करिब १.७८ मिलियन (१७ लाख ८० हजार) अन्तर्राष्ट्रिय पर्यटकले भियतनाम भ्रमण गरेका छन्, जुन अघिल्लो वर्षको सोही महिनाको तुलनामा १६.५ प्रतिशतले बढी हो । भियतनामको संस्कृति, खेलकुद तथा पर्यटन मन्त्रालयकाअनुसार सन् २०२६ मा २५ मिलियन अन्तर्राष्ट्रिय पर्यटक र १५० मिलियन आन्तरिक पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ । वर्तमान वृद्धिदरले मन्त्रालयको सो लक्ष्य प्राप्त गर्न सहज हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

सम्बन्धित

असममा खस्यो भारतीय वायुसेनाको विमान

तेहरान–वासिङ्टनबीच बर्फ पग्लिँदै : दशकौँको शत्रुता अन्त्यको दिशामा ?

एल निनो: पृथ्वीलाई तर्साउने अदृश्य ‘राक्षस’ कि प्रकृतिको चेतावनी?

इलोन मस्क बने विश्वका पहिलो ‘ट्रिलियन डलर’ धनाढ्य

कतार–इरान गोप्य कूटनीति: ‘रास लाफान’ ग्यास उत्पादन केन्द्रलाई जोगाउन इरानसँग गोप्य रूपमा वार्ता गरेको खुलासा

ओमानको खाडीमा अमेरिकी सेनाद्वारा तेस्रो तेल ट्याङ्कर निष्क्रिय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group