ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
के मुद्धा लिएर जनतामाझ जान्छ उज्यालो पार्टी ?डा. लावती, उपाध्यक्ष, उज्यालो नेपाल पार्टी ▶
के मुद्धा लिएर जनतामाझ जान्छ उज्यालो पार्टी ?डा. लावती, उपाध्यक्ष, उज्यालो नेपाल पार्टी
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारत सरकारद्वारा हवाई इन्धनको मूल्य स्थिर राख्न १०० अर्ब भारुको कोष स्वीकृत


एबीसी न्यूज
जेष्ठ २२, २०८३ शुक्रबार   ९ : १३   बजे

काठमाडौं २२ जेष्ठ । भारत सरकारले हवाई इन्धन (एटीएफ) को मूल्यमा भएको वृद्धिको प्रभाव न्युनिकरण गर्न तेल मार्केटिङ कम्पनीहरू (ओएमसी) का लागि १०० अर्ब भारतीय रुपैयाँ (करिव १.०४ अर्ब अमेरिकी डलर) को विशेष बजेटरी सहयोग स्वीकृत गरेको छ । सङ्घीय मन्त्रिपरिषद्को बैठकले विमानसेवा कम्पनीहरूलाई इन्धनको मूल्य वृद्धिबाट जोगाउन र बजार सन्तुलन कायम राख्न यो प्राइस स्टेबलाइजेसन फण्ड (मूल्य स्थिरता कोष) को व्यवस्था गरेको हो । मध्यपूर्वमा जारी सङ्कटका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेपछि लामो दूरीका हवाई उडानको भाडामा उल्लेख्य वृद्धि भएको थियो। भाडा वृद्धिसँगै अन्तर्राष्ट्रिय मागमा आएको गिरावटका कारण धेरै भारतीय विमानसेवा कम्पनीहरूले आफ्ना उडानहरू कटौती वा स्थगित गर्नुपर्ने अवस्था सिर्जना भएको थियो । मन्त्रिपरिषद्को आधिकारिक विज्ञप्तिअनुसार, सरकारले प्रदान गर्ने यो बजेटरी सहयोग तेल विपणन कम्पनीहरूलाई ब्याजमुक्त पेश्कीका रूपमा उपलब्ध गराइनेछ। यस सहयोगको मुख्य उद्देश्य हवाई इन्धनको मूल्यलाई स्थिर राखी विमानसेवा कम्पनीहरूलाई सहुलियत प्रदान गर्नु हो । यो योजना आन्तरिक र अन्तर्राष्ट्रिय दुवै क्षेत्रमा उडान भर्ने इच्छुक सबै भारतीय विमानसेवा प्रदायकहरूका लागि खुला रहने सरकारले जनाएको छ । यस कदमबाट भारतीय उड्डयन क्षेत्रले व्यहोर्दै आएको आर्थिक दबाब कम हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

सम्बन्धित

असममा खस्यो भारतीय वायुसेनाको विमान

तेहरान–वासिङ्टनबीच बर्फ पग्लिँदै : दशकौँको शत्रुता अन्त्यको दिशामा ?

एल निनो: पृथ्वीलाई तर्साउने अदृश्य ‘राक्षस’ कि प्रकृतिको चेतावनी?

इलोन मस्क बने विश्वका पहिलो ‘ट्रिलियन डलर’ धनाढ्य

कतार–इरान गोप्य कूटनीति: ‘रास लाफान’ ग्यास उत्पादन केन्द्रलाई जोगाउन इरानसँग गोप्य रूपमा वार्ता गरेको खुलासा

ओमानको खाडीमा अमेरिकी सेनाद्वारा तेस्रो तेल ट्याङ्कर निष्क्रिय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group