काठमाडौं, १५ जेठ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को बजेटले पूर्वाधार विकास, स्वास्थ्य सेवा विस्तार, शिक्षा सुधार र प्रविधिलाई प्राथमिकता दिएको छ। कर्णालीका विकट क्षेत्रमा एयर एम्बुलेन्स, ठूला सडक आयोजनाहरू, स्वास्थ्य बिमा विस्तार र एआई प्रवेश जस्ता घोषणाहरूले बजेटलाई व्यापक र समावेशी बनाएको छ।
स्वास्थ्य क्षेत्रमा सुधार
- स्वास्थ्य बिमा कार्यक्रमका लागि १५ अर्ब रुपैयाँ विनियोजन।
- निःशुल्क वितरण भइरहेका २५ प्रकारका औषधि नेपालमै उत्पादन गरिने।
- तीन वर्षभित्र ९० प्रतिशत नागरिक लाई स्वास्थ्य बिमाको दायरामा ल्याइने।
- वीर र कीर्तिपुर अस्पताल मा जलन उपचार क्षमता वृद्धि।
- बालबालिकाको क्यान्सर उपचार सरकारी अस्पतालमा निःशुल्क।
- कर्णालीका विकट स्थल मा एयर एम्बुलेन्स सेवा सञ्चालन।
- नर्सिङ जनशक्तिको रात्री डियुटी भत्ता दोब्बर, महिला स्वयंसेविका भत्तामा ५० प्रतिशत वृद्धि।
शिक्षा क्षेत्रमा २ खर्ब १८ अर्ब
- शिक्षा क्षेत्रका लागि २ खर्ब १८ अर्ब ३० करोड विनियोजन।
- शिक्षालाई नवप्रवर्द्धन र सिपमूलक बनाइने, शिक्षकको क्षमता परीक्षण गरिने।
- वैदेशिक रोजगारीमा रहेका नेपालीलाई खुला विश्वविद्यालय मा अध्ययन सुविधा।
- उत्कृष्ट विदेशी विश्वविद्यालयलाई नेपालमा क्याम्पस सञ्चालन गर्न नीति।
- अटिजम भएका बालबालिकाका लागि आवासीय नमूना विद्यालय।
- चिकित्सा, नर्सिङ, सूचना प्रविधि लगायत उच्च शिक्षामा कोटा उल्लेख्य वृद्धि।
पूर्वाधार र सडक विकासमा ठूलो बजेट
- सडक तथा शहरी विकास तर्फ २८६ अर्ब ४८ करोड।
- पूर्वपश्चिम राजमार्ग : ३७ अर्ब ४६ करोड।
- काठमाडौं-तराई मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) : १७ अर्ब ६४ करोड।
- हुलाकी राजमार्ग : ४ अर्ब ६५ करोड (यो वर्ष सम्पन्न)।
- मदनभण्डारी राजमार्ग : १ अर्ब ४६ करोड।
- मध्यपहाडी (पुष्पलाल) राजमार्ग : ३ वर्षभित्र सम्पन्न, २ अर्ब १६ करोड।
- खुटिया-दिपायल फास्ट ट्र्याक स्तरोन्नति।
- कर्णाली, कालीगण्डकी र कोशी करिडोर : ६ अर्ब २५ करोड।
- नागढुंगा–सिस्नेखोला सुरुङमार्ग : आगामी साउनबाट सञ्चालन।
- ३ वर्षभित्र १० वटा ८ हजार दर्शक क्षमताका रंगशाला फ्लड लाइटसहित स्तरोन्नति।
ऊर्जा तथा जलविद्युत्
- निर्माणाधीन प्रसारण लाइन तथा सबस्टेसन सम्पन्न गर्न ७० अर्ब।
- आगामी वर्ष १०४० मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा आबद्ध (६७० MW जलविद्युत् + ३७० MW सौर्य)।
- नेपाल विद्युत् प्राधिकरणलाई तीन कम्पनीमा विभाजन।
अन्य महत्वपूर्ण घोषणा
- खानेपानी तर्फ ३७ अर्ब १७ करोड (तराई-मधेशमा डिप बोरिङ, २८० आयोजना सम्पन्न)।
- फिनटेक मार्केटप्लेस स्थापना (राष्ट्र बैंकको सुपरिवेक्षणमा)।
- एआई युग मा प्रवेश : स्युचाटारमा एआई कम्प्युट केन्द्र, १५ जना नेपालीलाई फेलोसिप।
- राष्ट्रिय जीवन बीमा र विशाल बजार को सेयर सर्वसाधारणलाई बिक्री।
- महिलाका लागि ब्लु बस देशैभर सञ्चालन।
- भीसा प्रणाली मा व्यापक सुधार, लगानीमैत्री बनाइने।
- LDC बाट स्तरोन्नति गर्न घनिभूत आर्थिक-सामाजिक अभियान।
- राजनीतिक दललाई निर्वाचन मतका आधारमा अनुदान दिन बृहत् बहस।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटलाई “बृहत् आर्थिक सुधार र राष्ट्रिय पुनर्जागरणको निर्णायक मोड” भनेका छन्। यसले पूर्वाधार, स्वास्थ्य, शिक्षा, प्रविधि र लगानीलाई सँगै जोड्ने प्रयास गरेको छ। अब मुख्य चुनौती भनेको यी घोषणाहरूलाई प्रभावकारी कार्यान्वयन गर्नु रहेको छ।







प्रतिक्रिया दिनुहोस्