काठमाडौ, जेठ १४ गते । नेपाली कांग्रेसका नेता रामहरी खतीवडाले पार्टीको आन्तरिक विवाद चर्किदै गएको बताएका छन । एविसी टेलिभिजनको कार्यक्रम एविसी वाचमा उनले यस्तो बताएका हुन । विवादले उग्र रुप लिएको हुदा नेतृत्व चनाखो हुन नेता खतिवडाले नेतृत्वलाई सुझाव दिएका छन । कार्यक्रममा उनले भने नेतृत्वले हेलचक्राई गरेर बसे भोलि पार्टी फुट्न सक्छ । नेतृत्वलाई जिम्मेवार भएर विवाद मिलाउ उनले आग्रह गरेका समेत गरे । यस्तै कांग्रेसलाई विभाजनबाट जोगाउन १५ औं महाधिवेशन उचित बाटो भएको उनको तर्क छ । कांग्रेसको आन्तरिक विवाद सल्टाउन १५ औं महाधिवेशन नै विकल्पको बाटो भएको उनले बताए ।



















प्रतिक्रिया दिनुहोस्