काठमाडौ, जेठ १४ गते । रास्वपा सांसद दिपक कुमार साहले सुनसरीका स्थानीयबासीन्दा सधै बाढी पहिरो र डुवानको समस्या भोग्दै आएको बताएका छन । संसदमा सभामुखको ध्यानकर्षण गराउँदै सांसद साहले यस्तो बताएका हुन । प्राकृतिक विपत्ती र डुवानका कारण स्थानिय वालीनाली विनासको सास्ती खेप्नु परेको उनले संसदमा जानकारी गराए ।संसदमा उनले भने वर्षा अगाडि नै डुवानको समस्या रोक्न सभामुखको ध्यानकर्षण गराएका छन । इनर्वा, सुनसरी खोला लगायतलाई बाँध निर्माण गरी व्यवस्थित गर्न सके पर्यटन विकासको कोशे ढुंगा बन्न सक्ने उनले बताए । यस्तै सांसद साहले राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निर्माणमा भइरहेको चरम ढिलाइप्रति कडा आपत्ति जनाएका छन । समयमै आयोजना सम्पन्न नहुँदा जनताले सिँचाई र विद्युतको अभाव झेल्नुपरेको बताएका छन ।



















प्रतिक्रिया दिनुहोस्