काठमाडौं , बैशाख १७ गते । विपक्षीदलका नेताहरुले सरकारले ल्याएको अध्यादेश तत्काल फिर्ता गर्न माग गरेका छन । एविसी टेलिभिजनको कार्यक्रम एविसी वाचमा उनीहरुले यस्तो माग गरेका हुन । नेकपा एमालेका नेता सुमित्रा विसी र कांग्रेसका नेता दामोदर गौतमले सरकारले संसदको अपमान गर्न नहुने बताएका छन । संसद स्थगन गरेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक कदम भएको विसी र गौतमले आरोप लगाए । त्यस्तै कार्यक्रममा रास्वपा नेता उपेन्द्र पाण्डेले जनहितका लागि सरकारले अध्यादेश ल्याएको बताएका छन ।



















प्रतिक्रिया दिनुहोस्