काठमाडौ, बैशाख १३ । रास्वपा बहुमतको सरकारले आगामी आर्थिक वर्ष २०८३,२०८४ को बजेटमा दोस्रो पुस्ताको लागि आर्थिक सुधारका कार्यक्रम ल्याउनुपर्ने अर्थविद् नर बहादुर थापाले बताएका छन । एविसी टेलिभिजनको कार्यक्रम एविसी वाचमा उनले यस्तो बताएका हुन । दोस्रो पुस्ताको आर्थिक सुधारले सुशासन संस्थागत सुधार तथा प्रभावकारिताको क्षेत्रमा काम गर्ने भएकोले यो पुस्तामा आधारित कार्यक्रम ल्याउनुपर्ने उनको भनाई छ । कार्यक्रममा उनले भने पहिलो पुस्ताको सुधारमा सुरु भएका आर्थिक गतिविधिमै सुधार ल्याएर प्रभावकारी बनाउने काम नै दोस्रो पुस्ताको आर्थिक सुधार हो । नयाँ सरकारले नयाँ ढर्राबाट आर्थिक सुधार गर्नुपर्ने उनको भनाई छ । कार्यक्रमा उनले भने उर्जा क्षेत्रमा देखिएको पीपीए र आईपीओका अवरोधहरु पनि बताएका छन ।



















प्रतिक्रिया दिनुहोस्