काठमाडौ , बैशाख ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. धनञ्जय रेग्मीले सरकार सर्भिस डेलिभरिमा गंभिर भएर लागेको बताएका छन । एविसी टेलिभिजनको कार्यक्रम एविसी वाचमा उनले यस्तो बताएका हुन । सरकारले नागरिकलाई घरमै सरकारी सेवा उपलब्ध गराउने उद्देश्यसहित हुलाक सेवालाई आधुनिकीकरण गरी गभर्नस कुरियर सर्भिसका रूपमा विकास गर्ने निर्णय गरेको उनले बताए । सरकारले सार्वजनिक गरेको १०० बुँदे कार्यसूचीमा यस्तो व्यवस्था गरिएको उनको भनाई छ । यसअन्तर्गत पासपोर्ट, नागरिकता प्रतिलिपि, लाइसेन्स लगायतका सरकारी कागजात तथा सामग्रीहरू नागरिकको घरमै पु¥याउने व्यवस्था गरिएको उनको भनाई छ । त्यस्तै महँगी कालोबजारी तथा भ्रष्टाचार नियन्त्रण गर्न सरकार स्पीडमा दौडिरहेको उनले बताए । सरकार सुशासन तथा समृद्धिको बाटो अगाडी बढी रहेको उनको भनाई छ ।




















प्रतिक्रिया दिनुहोस्