काठमाडौ, बैशाख ६, नेपाली कम्युनिष्ट पार्टीका संसदीय दलका प्रमुख सचेतक तथा सांसद युवराज दुलालले बालेन सरकारले बहुमतको घमण्ड देखाएको बताएका छन । एविसी टेलिभिजनको कार्यक्रम एविसी वाचमा उनले यस्तो बताएका हुन । सरकारसंग बुहमत छ भन्दैमा प्रतिपक्षीलाई नटेर्ने खालमा व्यवहार सरकारले देखाएको उनले आरोप पनि लगाए । कार्यक्रममा उनले भने सरकारले स्टन्ट नगरोस्, संविधान पढोस र प्रतिपक्षको सहयोग लिओस । सरकारसंग नेपाली कम्युनिष्ट पार्टी सकारत्मक रहेको र रचनात्मक भुमिकामा पार्टी रहने उनले बताए ।




















प्रतिक्रिया दिनुहोस्