ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कपिलवस्तुको अति विकट बस्ती नमूना गाउँ बन्ने तरखरमा


admin

कपिलवस्तु, २५ चैत ।  कपिलवस्तुको अति विकट बस्ती हो जवावैराठ । भारतको सिमानामा रहेको यो बस्तीमा अधिंकाश थारू समुदायका मानिस बस्ने गर्दछन् । आजभन्दा करीब दुई वर्षअगाडि यो गाउँमा खासै सुविधा थिएन ।

पछिल्लो समयमा भने केही फरकपना आएको छ । सडकमा मोटरबाइक, ट्र्याक्टर लगायतका सवारी हिँडेको हुन्छन् । खानेपानीको यो गाउँमा राम्रो सुविधा रहेको छ । यो बस्तीमा पुग्न दुई वटा खोलामा पुल नहुँदा बर्खाको समयमा झोलुङ्गेपुलको भर पर्नुपर्छ । त्यसकारण यहाँ ठूला सवारी जान सक्दैनन् । साबिक गुगौली गाविस तथा हाल विजयनगर गाउँपालिका–१ मा यो गाउँ परेको छ । राजमार्गबाट भने तीन वटा खोला तरेपछि यो गाउँमा पुग्न सकिन्छ । बाटोमा जंगल, खोला र केही बस्ती पर्ने भएकाले मनोरमका दृश्य पनि देख्न सकन्छ ।

विजयनगर गाउँपालिकाले यस वर्ष यस गाउँमा घरबास (होम स्टे) निर्माण गर्ने योजना अघि सारेको छ । गाउँपालिकाको लगानीमा यस गाउँमा नमूना घरबास सञ्चालन गर्ने गाउँपालिका प्रमुख गोपाल थापाले बताए । उनले भने, “यस गाउँमा घरबास सञ्चालन गरेर गाउँवासीलाई रोजगारी सिर्जना गर्ने हाम्रो उद्देश्य छ ।”

गाउँपालिकाकै विकट ठाउँ भनेर चिनिने यो बस्तीको विकासका लागि नमूना घरबासको योजना ल्याउनु गौरवको विषय रहेको स्थानीय बुद्धिजीवी बताउँछन् । यस वर्षदेखि नै घरबास निर्माणको काम शुरु हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रवीन्द्र प्रसाद चौधरीले बताए । चौधरी भन्नुभयो, “यस पटक घरबास निमार्णका लागि रु २० लाख बजेट छुट्याएका छौँ तर यस बजेटले मात्र पुग्दैन ।” आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गरी दिगो पर्यटनको अवधारणालाई साकार पार्न कार्यक्रम गर्न लागिएको चौधरीले वताए । पछिल्लो समय नेपाली युवायुवतीको आकर्षक गन्तव्यस्थलका रुपमा नेपालकै ग्रामीण घरबास पर्न थालेपछि यो क्षेत्रमा घरबास कार्यक्रम शुरु गरिएको हो ।

पहिलो पटक २० जना पर्यटक अटाउने घरबास निर्माण गरिने भएको छ । दिनभरि पर्यटकले यहाँ रहेका पर्यटकीय स्थलमा घुम्ने र बेलुकी विभिन्न समुदायले सञ्चालन गरेका घरबासमा पुगी पारिवारिक वातावरणमा रमाउन पाउने सुविधा उपलब्ध हुनेछ । भान्सा घरमा बसेर थारू, मगर, अवधि परिकार खानपिनको आनन्द लिई उनीहरूको संस्कृति अवलोकन गर्न पाउने व्यवस्था गरिने चौधरीको भनाइ छ ।

घरबास सञ्चालनमा आए पर्यटन क्षेत्रको विकाससँगै यहाँ बसोबास गर्दै आएका मानिसको आर्थिक हैसियतमा परिवर्तन आउने अपेक्षा गरिएको छ । गाउँ जंगलमा पर्ने भएकाले जंगललाई व्यवस्थित बनाउने र बाटोका किनारमा आकर्षक फूल रोपेर मनोरम बनाउने गाउँपालिकाको योजना रहेको छ । गाउँपालिकाको यो योजनालाई स्थानीयवासीले स्वागत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com