राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद झविलाल डुम्रेले सिद्धार्थ राजमार्गको स्तरोन्नतीको विषयलाई संसदमा उठाएका छन । संसदमा पहिलो पटक बोल्दै उनले सो कुरा उठाएका हुन । सिद्धार्थ राजमार्ग २०२८ सालदेखि निरन्तर स्तर उन्नतिको पर्खामा रहेको उनको भनाई छ । लुम्बीनी र पोखरालाई जोडने सिद्धार्थ राजमार्ग पर्यटन र आर्थिक विकासको मेरुदण्ड रहेको उनले बताए । तर आज पनि सिद्धार्थ राजमार्ग दयनिय अवस्थामा रहेको उनको गुनासो गरे । सिद्धार्थ राजमार्ग अलपत्र हुदा त्यहाका नागरिकको जनजीवन जोखिमपुर्ण रहेको सांसद डुम्रेको भनाई छ । सिद्धार्थ राजमार्ग बजेटको भाषणमा मात्र नभई कार्यान्वयनको बाटोमा लान उनले आग्रम समेत गरेका छन । संसदमा पहिलो पटक बोलेका डुम्रेले स्याङ्जा क्षेत्र नं २ मतदाताप्रति आभार प्रकट गर्र्दै आशा र भरोसा गर्न मतदालाताई आग्रह गरेका छन । स्याङ्जा आफनो बाउ बाजेको श्रम र घरेलु औजारबाट निर्माण गरिएको क्षेत्र भएको उनले स्मरण गराएका थिए ।



















प्रतिक्रिया दिनुहोस्