काठमाडौं, २४ चैत्र । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा कार्यकारी निर्देशकमा किरण पण्डितलाई नियुक्त गरिएको छ। आज बसेको मन्त्रिपरिषद् बैठकमा डेपुटी गभर्नरमा पण्डितलाई प्रस्ताव गरिएको हो। डेपुटी गभर्नरका लागि दुईवटा पद खाली रहेपनि मन्त्रिपरिषद् बैठकले आज एक जना मात्र नियुक्त गर्ने निर्णय गरेको हो।डेपुटी गभर्नर निलम ढुंगाना र बमबहादुर मिश्रको अवकाशपछि डेपुटी गभर्नर रिक्त थियो । डेपुटी गभर्नर राष्ट्र बैंकको सञ्चालक समितिका सदस्यसमेत हुने प्रावधान छ।



















प्रतिक्रिया दिनुहोस्