काठमाडौं, २२ चैत्र । सार्वजनिक शान्तिमा खलल पुर्याउने व्यक्तिलाई नियन्त्रणमा लिन जिल्ला प्रहरी परिसर भक्तपुरले शनिवार चलाएको ‘स्वीप अप्रेसन’ का क्रममा ६० भन्दा बढी पक्राउ परेका छन् ।
जिल्ला प्रहरी प्रमुख एसपी सूर्यबहादुर खड्काले ६० भन्दा बढी मानिसलाई नियन्त्रणमा लिएको बताए । पक्राउ परेका व्यक्तिका विभिन्न कसुरमाथि छानबिन गरेपछि मुद्दा चलाइने भएको छ ।
ठिमी र जगाते प्रहरी वृत्तसहित जिल्लाका विभिन्न प्रभाग र युनिटलाई परिचालन गरी अप्रेसन सुरु गरेको खड्काले बताए । उनीहरूले सार्वजनिक स्थलमा शान्तिसुरक्षा भङ्ग गर्ने खालका क्रियाकलाप गर्ने, शङ्कास्पद गतिविधि गर्ने, लागूपदार्थ सेवन गर्ने, विभिन्न स्थानमा समूहमा बसेर गलत गतिविधि र होहल्ला गर्नेलगायत शङ्कास्पद गतिविधि गरेका कारण पक्राउ गरिएको उनले बताए ।
उनका अनुसार नजिकिँदै गरेको बिस्केट जात्रालाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन पनि उक्त अप्रेसन चलाइएको हो ।


















प्रतिक्रिया दिनुहोस्