ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बादलको विवादास्पद अभिव्यक्ति : एमालेकै नेताहरू असन्तुष्ट


एबीसी न्यूज
चैत्र २०, २०८२ शुक्रबार  ५ : ०९ बजे

रास्वपाको जितमा नेपाली सेना, कर्मचारीतन्त्र र एनजीओको भूमिका भन्दै बादल विवादमा

काठमाडौं, १८ चैत २०८२ — नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले प्रतिनिधिसभा बैठकमा दिएको अभिव्यक्तिप्रति एमाले पार्टीभित्रै असन्तुष्टि बढेको छ ।

बिहीबारको बैठकमा बादलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ‘अभूतपूर्व विजय’ मा नेपाली सेना, कर्मचारीतन्त्र, सुशीला कार्की आयोग, बारबरा फाउन्डेसन, एनजीओ तथा ‘अदृश्य शक्तिहरू’ को निर्णायक भूमिका रहेको टिप्पणी गरेका थिए । उनले जेनजी आन्दोलनलाई ‘अवैधानिक’ भनेका थिए भने फागुन २१ को निर्वाचनलाई ‘नीलो क्रान्ति’ को वैधानिकता भनेका थिए ।

एमाले नेताहरूको असन्तुष्टि

बादलको भनाइप्रति एमालेका वरिष्ठ नेताहरूले नै तीव्र आपत्ति जनाएका छन् ।

उपाध्यक्ष विष्णु पौडेल ले फेसबुकमा लेख्दै भनेका छन्, “प्रतिनिधिसभाको बैठकमा दल नेता रामबहादुर थापाले व्यक्त गर्नुभएको विचार पार्टीका स्थापित नीति र मान्यताविपरीत छन् । भोलि केन्द्रीय सचिवालय बैठकमा यसबारे गम्भीर छलफल हुने र उचित निर्णय हुने अपेक्षा गरेको छु ।”

उपमहासचिव योगेश भट्टराई ले पनि घुमाउरो रूपमा असहमति जनाए । उनले लेखेका छन्, “जनताको बहुदलीय जनवाद र जबज एमालेको सिद्धान्त हो । नेपाली सेना, सुरक्षा अंग, न्यायालय, संवैधानिक अंग र कर्मचारीतन्त्रप्रति हाम्रो कुनै वैरभाव छैन । यी संस्थाप्रति हाम्रो सम्मान र विश्वास यथावत् रहनेछ ।”

बादलले के भनेका थिए ?

बादलले संसदमा भनेका थिए :

  • भदौ २३ र २४ गते जेनजी आन्दोलन ‘अवैधानिक’ थियो र रास्वपाको अघोषित नेतृत्वमा भएको थियो ।
  • फागुन २१ को निर्वाचनले ‘नीलो क्रान्ति’ लाई वैधानिकता दिएको छ ।
  • रास्वपाको जितमा नेपाली सेना, ब्युरोक्रेसी, सुशीला कार्की आयोग, बारबरा फाउन्डेसन, एनजीओ तथा अदृश्य शक्तिहरूको निर्णायक भूमिका रहेको छ ।
  • सिंहदरबार, शीतलनिवास, बालुवाटार र सर्वोच्च अदालत जस्ता संरचना किन जलाइयो ? हतियारधारी समूह किन तिलस्मी रूपमा प्रकट भए ? भन्ने प्रश्न गरे ।
  • राजनीतिक नेतृत्वलाई पक्राउ गर्ने प्रपञ्च, राज्य आतंक, मिडिया ट्रायल र विद्यार्थी–पेशाकर्मीको अधिकार खोसिएको आरोप लगाए ।

उनले रास्वपा र प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिए पनि उक्त विजयलाई ‘जादुमय’ र ‘चामत्कारिक’ भनेका थिए ।

के भनेका थिए बादलले?

नेकपा एमाले संसदीय दल नेता रामबहादुर थापा ‘बादल’ ले बिहीबार संसद बैठकमा भदौ २३ र २४ गते अवैधानिक ढंगबाट रास्वपाको अघोषित नेतृत्वमा जेनजी आन्दोलन गरिएको आरोप लगाएका थिए।

उनले फागुन २१ गते आम निर्वाचनमार्फत ‘नीलो क्रान्ति’ लाई वैधानिकता प्रदान गरिएको टिप्पणी गरे।

‘चैत १३ गते भव्य धार्मिक अनुष्ठानसहित बालेन्द्र शाहज्यूलाई प्रधानमन्त्रीको शपथ ग्रहण गराइयो। यो ऐतिहासिक विजयका लागि रास्वपा तथा सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहजीलाई म नेकपा एमालेको तर्फबाट धेरै–धेरै बधाई भन्न चाहन्छु,’ उनले भने।

यो अभूतपूर्व विजयमा आन्तरिक रूपमा कसको निर्णायक भूमिका रह्यो भन्ने स्पष्ट पार्न चाहेको भन्दै यसमा मुख्यतयाः नेपाली सेना, कर्मचारीतन्त्र (ब्युरोक्रेसी), सुशीला कार्की आयोग, बारबरा फाउन्डेसन, एनजिओ आदि संस्था तथा पात्रहरूको भूमिका निर्णायक रहेको उनले टिप्पणी गरे।

‘यस जादुमय विजयका लागि बाह्य रूपमा कसले निर्णायक भूमिका खेल्यो भन्ने कुरा असंख्य तथ्यले स्पष्ट पारेका छन्। अदृश्य शक्तिहरू, एआई, एल्गोरिदम र गोयबल्स शैली अपनाउनेहरूले राष्ट्रियता, लोकतन्त्र र समृद्धिका नायकहरूलाई खलनायक र हत्याराको रूपमा स्थापित गरे। देश जलाउने र राष्ट्रिय पहिचान मेटाउने पात्रहरूलाई महानायक बनाउने ती अदृश्य पात्रहरूले बाह्य रूपमा निर्णायक भूमिका खेलेका छन्,’ उनले भने।

यो चामत्कारिक विजयले केही असाधारण प्रश्नहरू जन्माएको उनको भनाइ थियो।

कुन उद्देश्य प्राप्तिका लागि सिंहदरबार, शीतल निवास, बालुवाटार र सर्वोच्च अदालत जस्ता संरचनाहरू जलाइयो भन्दै उनले प्रश्न गरे। त्यस्तै, कुन उद्देश्यका लागि हतियारधारी समूहहरू २३–२४ गते तिलस्मी रूपमा प्रकट भए भन्ने प्रश्न पनि उनले गरेका थिए।

‘कुन उद्देश्यका लागि गैरकानूनी ढंगबाट पूर्वप्रधानमन्त्री तथा गृहमन्त्रीलाई गिरफ्तार गरियो र राजनीतिक नेतृत्वलाई पक्राउ गर्ने प्रपञ्च रचियो? कुन उद्देश्यका लागि देशव्यापी रूपमा दमन चक्र र राज्य आतंक मच्चाइयो? कुन उद्देश्यका लागि विद्यार्थी तथा पेशाकर्मीहरूको संगठित हुने मौलिक अधिकार खोसियो र मिडिया ट्रायल आतंकको सिर्जना गरियो?,’ उनको प्रश्न थियो।

भविष्यले यी प्रश्नहरूको सही जबाफ दिने र एमाले यी प्रश्नहरू सम्पूर्ण तागतका साथ राज्यलाई सोध्ने पनि उनले बताए।

‘यो सदनमा आवाज उठाइरहनेछौं। यस क्षणमा प्रतिपक्षको भूमिका निर्वाह गर्ने जनादेश प्राप्त नेपाली कांग्रेस, नेपाल श्रम संस्कृति पार्टी, राप्रपा र स्वतन्त्र सांसदहरूलाई पनि म बधाई र शुभकामना दिन चाहन्छु,’ उनले भने, ‘अन्तमा, यो अभूतपूर्व विजयले पराजित पक्षलाई पनि गम्भीर शिक्षा दिएको छ र आफ्ना कमी–कमजोरीहरू सच्याउने अवसर दिएको छ। यो पराजय केवल अस्थायी हो र पराजित सेनाले सधैं पराजयलाई विजयमा बदल्न सक्छ।’

अब के हुन्छ ?

एमाले उपाध्यक्ष विष्णु पौडेलले शुक्रबार बस्ने केन्द्रीय सचिवालय बैठकमा यो विषयमा गम्भीर छलफल हुने बताएका छन् । बैठकले बादलको अभिव्यक्तिमाथि कुनै निर्णय लिन सक्ने देखिन्छ ।

यो घटनाले एमाले पार्टीभित्र आन्तरिक मतभेद बढेको संकेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

११ दिनमै फेरियो मन्त्रीको वरीयता : विवादित श्रममन्त्री दीपक साह पुछारमा

सम्बन्धित

मोटरसाइकल ठोक्किएर आगो लाग्दा ३ विद्यार्थीको जलेर मृत्यु, थप ३ जनाको अवस्था गम्भीर

११ दिनमै फेरियो मन्त्रीको वरीयता : विवादित श्रममन्त्री दीपक साह पुछारमा

भारतसहित ६ देशका राजदूतलाई एक महिनाभित्र फिर्ता हुन निर्देशन

काठमाडौंमा प्रहरीले चलायो गोली, दुई भारतीय नियन्त्रणमा

कुर्सीको ‘क्रान्ति’ र परम्पराको पराजय

इरानको १० बुँदे प्रस्ताव : हमला र प्रतिबन्ध रोक, हर्मुज स्ट्रेट खोल्ने सर्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com