गुण्डुबाट नियन्त्रणमा, महाराजगञ्ज तालिम केन्द्रमा राखिने
काठमाडौं — पूर्वप्रधानमन्त्री केपी शर्मा ओली लाई आज बिहान ६:१५ बजे भक्तपुरको गुण्डुस्थित निजी निवासबाट प्रहरीले पक्राउ गरेको छ।
प्रहरी स्रोतका अनुसार, आवश्यक कानुनी प्रक्रिया पूरा गरेर गएको टोलीले ओलीलाई नियन्त्रणमा लिएको हो। पक्राउपछि उनलाई महाराजगञ्ज तालिम केन्द्र मा राखिने तयारी गरिएको छ।

बिहानैबाट सुरक्षा घेराबन्दी
ओलीको निवास क्षेत्रमा बिहानैदेखि बाक्लो संख्यामा नेपाल प्रहरी परिचालन गरिएको थियो। सम्भावित विरोध र सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै उच्च सतर्कता अपनाइएको प्रहरीले जनाएको छ।
आयोगको प्रतिवेदनपछि कारबाही
नयाँ सरकारको निर्णयअनुसार गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनका क्रममा ओलीविरुद्ध कारबाही अघि बढाइएको हो।
उक्त प्रतिवेदनले ‘जेनजी आन्दोलन’ दमन प्रकरणमा तत्कालीन नेतृत्वविरुद्ध फौजदारी अनुसन्धान गर्न सिफारिस गरेको थियो।
पहिले नै पक्राउ परिसकेका थिए लेखक
यसअघि सोही प्रकरणमा पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परिसकेका छन्। ओलीको पक्राउसँगै अनुसन्धान थप तीव्र हुने देखिएको छ।
कानुनी प्रक्रिया अगाडि
प्रहरीले मुलुकी फौजदारी संहिताअन्तर्गत अनुसन्धान अघि बढाउने तयारी गरेको जनाएको छ।








प्रतिक्रिया दिनुहोस्