ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रवि लामिछाने मुद्दा: आदेश फेरि टर्‍यो, आइतबारसम्म प्रतीक्षा


एबीसी न्यूज
चैत्र १२, २०८२ बिहीबार  ६ : ०१ बजे

काठमाडौं, चैत १२ — रवि लामिछाने विरुद्ध दायर मुद्दामा सर्वोच्च अदालतले आज पनि आदेश जारी गर्न सकेन। सुनुवाइ ‘हेर्दाहेर्दै’ मा राखिएको यो मुद्दा अब आइतबारका लागि सरेको छ।

संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता गर्ने महान्यायाधिवक्ताको निर्णयविरुद्ध दायर रिट निवेदनमाथि सुनुवाइ जारी छ। सर्वोच्च अदालत मा न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासमा केही दिनयता निरन्तर बहस भइरहेको छ।

यसअघि मंगलबार रिट निवेदकका तर्फबाट बहस सकिएको थियो भने बिहीबार महान्यायाधिवक्ता कार्यालयका सरकारी वकिलहरूले जवाफी बहस प्रस्तुत गरेका छन्। बहस जारी रहेकाले अदालतले मुद्दालाई ‘हेर्दाहेर्दै’ मा राख्दै अर्को सुनुवाइको मिति आइतबारका लागि तोकेको हो।

सविता भण्डारी ले पुस ३० गते लामिछानेको हकमा अभियोगपत्र संशोधन गर्ने निर्णय गरेकी थिइन्। त्यसपछि बढ्दो आलोचनाबीच २ माघमा अन्य आरोपितहरूको हकमा पनि समान निर्णय गरिएको थियो।

यसअघि नै सर्वोच्च अदालतले मुद्दा फिर्तासम्बन्धी निर्णयका कागजात माग गरिसकेको छ। अब आइतबार हुने सुनुवाइमा बहस सकिएपछि आदेश आउने अपेक्षा गरिएको छ।

मुद्दाको प्रकृति र राजनीतिक संवेदनशीलताका कारण यो प्रकरणलाई चासोका साथ हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन प्रधानमन्त्री बन्ने बाटो: राष्ट्रपतिले कसरी गर्दैछन् नियुक्ति ?

रवि लामिछाने मुद्दा: आदेश फेरि टर्‍यो, आइतबारसम्म प्रतीक्षा

सम्बन्धित

केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु – प्रधानमन्त्री कार्की

“लचिलो यथार्थवाद” को झूटो वाचा

बालेन प्रधानमन्त्री बन्ने बाटो: राष्ट्रपतिले कसरी गर्दैछन् नियुक्ति ?

ओलीको कडा निर्देशन: “सांसदहरूले पार्टीको लाइन बोल्नुपर्छ, व्यक्तिगत डम्फु होइन”

प्रचण्डको सन्देश: “रचनात्मक काममा साथ, गल्तीमा खबरदारी”

सुरक्षा निकायको समन्वय अभाव र मिथ्या सूचनाको डढेलोः भदौ २३–२४ को ‘राष्ट्रिय क्षति’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com