काठमाडौं । रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुलभ खरेल विजयी भएका छन्। निर्वाचन आयोगका अनुसार उनले नेकपा (एमाले) का उम्मेदवार विष्णु पौडेललाई ४३ हजार ६८९ मतान्तरले पराजित गर्दै जीत हासिल गरेका हुन्।
खरेलले कुल ५६ हजार ५५० मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्द्वी विष्णु पौडेलले १२ हजार ८६१ मत मात्रै पाए।
त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार चुन्नप्रसाद पौडेलले ९ हजार ३९२ मत प्राप्त गर्दा नेपाल कम्युनिस्ट पार्टीका सुभाष पाण्डेले १ हजार ४०९ मत पाए।








प्रतिक्रिया दिनुहोस्