ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गाजा क्षेत्रमा भएको प्रदर्शनमा आठ जनाको मृत्यु, सयौ घाइते


एबीसी न्यूज
चैत्र २४, २०७४ शनिबार   १ : ११   बजे

 

गाजा, २४ चैत ।  प्यालेस्टाइनका आन्दोलनकारीहरुले शुक्रबार गरेको प्रदर्शनका क्रममा भएको झडपमा परी कम्तीमा आठ जनाको मृत्यु भएको छ ।


इजरायली सुरक्षाकर्मीसँग शुक्रबार भएको सो झडपमा परी अरु एक हजार ७० जना घाइते भएका समाचारमा जनाइएको छ ।
प्यालेस्टाइन र इजरायलको सीमा क्षेत्रमा पर्ने गाजाका विगत केही दिनदेखि प्यालेस्टिनी आन्दोलनकारीले प्रदर्शन गर्दा इजरायली सुरक्षाकर्मीसँग झडप हुदै आएको छ ।

प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयका प्रवक्ता अस्रफ अल क्बेड्राले शुक्रबार प्रदर्शनलगत्तै एक जना प्यालेस्टाइनी प्रदर्शनकारीको मृत्यु भएको र केही समयपछाडी थप सात जना गरी कुल आठ जनाको मृत्यु भएको बताउनु भएको छ ।

प्रदर्शनकारीहरुले शुक्रबार पूर्वी गाजा क्षेत्रको सिमाना अवरोध गरेर प्रदर्शन गरेपछि झडप सुरु भएको थियो ।
प्रदर्शनलाई मत्थर पार्नका लागि इजरायली सुरक्षाकर्मीहरुले प्रदर्शनकारीविरुद्ध रबरको गोली, अश्रुग्याँस, विस्फोटक पदार्थ र अग्नीनियन्त्रकहरु प्रयोग गरेका थिए । प्रदर्शनकारीहरुले भने सुरक्षाकर्मीविरुद्ध ढुंगा प्रहार गरेका थिए ।
हजारौंको संख्यामा रहेको प्यालेस्टिनी प्रदर्शनकारीहरुले शुक्रबार विहानैदेखि प्रदर्शन सुरु गरेका थिए । उनीहरुले कालो धुँवासहित प्रदर्शन गरेका थिए ।
सिन्ह्वाका एक जना फोटो पत्रकारले गाजा क्षेत्रमा कालो धुँवाको मुस्लो आकाशभरी देखिएको बताएका छन् । गाजाको इजरायली क्षेत्रमा इजरायली सुरक्षाकर्मीहरु ठूलो मात्रामा तैनाथ गरिएका छन् ।

उनीहरुले लडाकू सवारी साधनहरु विस्फोटक पदार्थहरु, हातहतियार, अश्रुग्याँस, अग्नी नियन्त्रकहरु आदी लिएर बसेका छन् ।
गाजा क्षेत्रको मुख्य ठाँउमा प्रदर्शन गर्नु अगाडी शुक्रबार बिहान उत्तरी र दक्षिणी क्षेत्रबाट प्रदर्शनकारीहरु जम्मा भएका थिए ।

इजरायली प्यालेस्टाइनबीच जारी यस द्वन्द्वको कारण एक हप्ता अगाडी नै इजरायली सेनाले गरेको आक्रमणमा परी १९ प्यालेस्टिनीको मृत्यु भइसेकेको थियो ।

इजरायली सेनाको आक्रमणमा परी एकै दिनमा १९ प्यालेस्टिनीको मृत्यु सन् २०१४ यताकै एक रक्तपातपूर्ण दिनको रूपमा रहेको उनीहरूको दाबी रहेको छ ।

शुक्रबार भएको प्रदर्शन केही वर्षयता भएका प्रदर्शनहरूमध्ये कै ठूलो जनसहभागितामा भएको पनि बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सरकारले कुन–कुन क्षेत्रमा कति–कति ल्यायो बजेट ?

रास्वपाको ‘नागरिक करार’ र बालेन सरकारको बजेट : नीतिगत तालमेल तर कार्यान्वयनमा आशंका

सम्बन्धित

दक्षिणी लेबननमा भीषण हमला गर्दै इजरायल

इरान र सदाबहार युद्धको पासो: दलदलबाट बच्ने प्रयासमा अमेरिका एक मृत मोडमा

जेफ बेजोसको अर्बौं डलर: चोरी कि सिर्जना?

कङ्गोमा इबोलाको प्रकोपः सुरक्षित अन्त्येष्टि र जनविश्वासको चुनौती

हिजबुल्लाहलाई ‘धराशायी’ बनाउन लेबनानमा आक्रमण तिब्र पार्ने इजरायली प्रधानमन्त्रीको घोषणा

चन्द्रमामा स्थायी मानव उपस्थितिका लागि नासाद्वारा ‘मून बेस’ योजना सार्वजनिक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group