ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘हल्लाको राजनीति’ हावी, मधेशका एजेन्डा संकटमा — डा. सीके राउत (भिडियोवार्ता)


एबीसी न्यूज
माघ २६, २०८२ सोमबार   ६ : २६   बजे

काठमाडौं / मधेश आन्दोलनको ‘इपी सेन्टर’ मानिने सप्तरी जिल्ला यसपटकको प्रतिनिधिसभा निर्वाचनमा विशेष राजनीतिक चासोको केन्द्र बनेको छ । एउटै जिल्लाबाट फरक–फरक निर्वाचन क्षेत्रमा दुई राष्ट्रिय दलका अध्यक्षहरू प्रतिस्पर्धामा उत्रिएका बेला स्वतन्त्र मधेश आन्दोलनका नेता तथा जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले वर्तमान चुनावी राजनीति र मधेशको भविष्यबारे गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

एबीसी टेलिभिजनको ‘एबीसी इलेक्सन एक्सप्रेस’ कार्यक्रममा प्रधानसम्पादक शुभशंकर कडेलसँगको कुराकानीमा डा. राउतले भने, “यो निर्वाचन सिद्धान्त, बहस र एजेन्डाको होइन—हल्ला र प्रचारको राजनीतिमा सीमित हुँदै गएको छ, जुन लोकतन्त्र र मधेश दुवैका लागि खतरनाक संकेत हो।”

मतदातामा उत्साहभन्दा संशय

मनोनयन दर्ता भएको करिब दुई हप्ता बितिसक्दा पनि मतदातामा उत्साहभन्दा संशय बढी देखिएको डा. राउतको भनाइ छ ।
“साढे दुई वर्षमै चुनाव हुनु जनमतको अपमानजस्तो महसुस भएको छ । धेरैले निर्वाचन नै नहुने हो कि भन्ने आशंका गरिरहेका थिए,” उनले भने ।

उनका अनुसार परम्परागत दलहरू—नेपाली कांग्रेस, एमाले र माओवादी—अझै पनि खुला रूपमा मैदानमा नउत्रिएको अवस्था छ । अदालतका फैसला र राजनीतिक अनिश्चितताले उनीहरू ‘पर्ख र हेर’को अवस्थामा देखिन्छन् ।

भदौ २३–२४ पछिको राजनीति: अवसर कि दुर्घटना?

भदौ २३ र २४ का घटनापछि निर्माण भएको राजनीतिक परिस्थितिले संघीयता, गणतन्त्र र समावेशीताजस्ता उपलब्धिहरू नै जोखिममा परेको डा. राउतको ठहर छ ।
“संविधान खारेजको कुरा उठ्नु भनेको संघीयता र गणतन्त्रलाई जिरोमा फर्काउने प्रयास हो,” उनले चेतावनी दिए ।

उनले नयाँ पुस्ता राजनीतिक बहस, अध्ययन र विचारधाराबाट टाढा हुँदै गएकोप्रति पनि चिन्ता व्यक्त गरे ।
“न बहस छ, न स्वाध्ययन । हात हल्लाएर राजनीति गर्ने प्रवृत्ति बढ्दै गएको छ,” उनको टिप्पणी थियो ।

‘नयाँ शक्ति’ को दाबीमाथि प्रश्न

डा. राउतले आफूलाई ‘नयाँ र स्वच्छ शक्ति’ बताउने दलहरूमाथि कडा प्रश्न उठाए ।
“पुराना दलमा असफल भइसकेका, भ्रष्टाचारका आरोप खेपेका नेताहरू टिकट लिएर अचानक चोखो हुँदैनन्,” उनले भने ।

उनका अनुसार संघीयता खारेजको निर्णय लिएको इतिहास, नागरिकता विधेयकको विरोध, चुरे दोहन, छठ पर्वमाथिको प्रतिबन्धजस्ता कदमहरूले ती दलहरूको मधेशविरोधी चरित्र स्पष्ट देखिन्छ ।

मधेशका एजेन्डा ओझेलमा

नागरिकता, संघीयता, पहिचान, समानुपातिक समावेशीताजस्ता दशकौँको संघर्षबाट आएका मधेशका मूल एजेन्डा अहिले होहल्लाको राजनीतिमा ओझेल परेको डा. राउतको निष्कर्ष छ ।
“मधेशको राजनीतिक अस्तित्व र उपलब्धिहरू आज गम्भीर संकटमा छन्,” उनले भने ।” उनले भने ।

मधेशका एजेन्डा ओझेलमा

नागरिकता, संघीयता, पहिचान, समानुपातिक समावेशीताजस्ता दशकौँको संघर्षबाट आएका मधेशका मूल एजेन्डा अहिले होहल्लाको राजनीतिमा ओझेल परेको डा. राउतको निष्कर्ष छ ।
“मधेशको राजनीतिक अस्तित्व र उपलब्धिहरू आज गम्भीर संकटमा छन्,” उनले भने ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सरकारले कुन–कुन क्षेत्रमा कति–कति ल्यायो बजेट ?

रास्वपाको ‘नागरिक करार’ र बालेन सरकारको बजेट : नीतिगत तालमेल तर कार्यान्वयनमा आशंका

सम्बन्धित

सरकारले कुन–कुन क्षेत्रमा कति–कति ल्यायो बजेट ?

प्रदेश र स्थानीय तहको बजेट : कतै घट्यो, कतै बढ्यो (पूर्णपाठ)

रास्वपाको ‘नागरिक करार’ र बालेन सरकारको बजेट : नीतिगत तालमेल तर कार्यान्वयनमा आशंका

बजेट २०८३/८४ : २१ खर्ब २४ अर्बको ‘सुधारवादी’ बजेट, प्रदेश र स्थानीय तहमा मिश्रित प्रभाव ![पूर्णपाठ]

आकारमा अस्वाभाविक ठूलो भयो, यो वास्तविक बजेट होइन : पूर्वअर्थमन्त्री पुन

नवीनताको नाममा अन्योलपूर्ण बजेट: एमाले

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group