ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सेल्फीको भीड, विचारको खडेरी—बालेनको चुनावी यात्रा खोक्रो प्रदर्शनमा सीमित


एबीसी न्यूज
माघ २१, २०८२ बुधबार  ८ : ५४ बजे

काठमाडौं, २१ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा झापा–५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार बालेन्द्र शाह (बालेन) को चुनावी अभियान लोकतान्त्रिक संवादभन्दा बढी ‘एकल प्रदर्शन’ मा सीमित देखिन थालेको छ। फागुन ४ गतेभित्र १६५ वटै निर्वाचन क्षेत्रमा पुग्ने महत्वाकांक्षी घोषणासहित सुरु गरिएको उनको दौड जनतासँग संवाद गर्नभन्दा पनि मौनता, प्रतीक र विवाद सिर्जनामा केन्द्रित भएको आरोप लाग्न थालेको छ।

कर्णाली र सुदूरपश्चिमको यात्रा सकेर दोस्रोपटक कोशी प्रदेश प्रवेश गरेका बालेनले यसपटक भाषण, प्रतिबद्धता र जनउत्तरदायित्वलाई पूर्ण रूपमा पन्छाएका छन्। उनले ‘धेरै नबोल्ने, धेरै देखिने’ रणनीति अख्तियार गरे पनि यो शैली जनताको भरोसा जित्नभन्दा बढी प्रश्न र असन्तोष जन्माउने दिशातर्फ उन्मुख देखिन्छ।

सोमबार साँझ भद्रपुर ओर्लिएर उर्लाबारीस्थित ससुराली घरमा बसेका बालेन मंगलबार आफ्नै निर्वाचन क्षेत्र झापा–५ मा सीमित रहे। बुधबार उर्लाबारीबाट सुरु भएको उनको यात्रा लेटाङ, पथरी, सुनवर्षी, रंगेली हुँदै विराटनगर पुग्यो। तर प्रदेश राजधानीमा आइपुग्दा पनि उनले पार्टी कार्यालयमा भेला भएका कार्यकर्ता र समर्थकसँग संवाद गर्नु त परै जाओस्, गाडीबाट ओर्लिनसमेत आवश्यक ठानेनन्।

विराटनगर–२ स्थित रास्वपाको पार्टी कार्यालयमा उपस्थित समर्थकहरूले केही संवादको अपेक्षा गरेका थिए। तर बालेनले गाडीको छतबाट घण्टी बजाउँदै, हात हल्लाउँदै औपचारिकता पूरा गरे र सिधै सुनसरीतर्फ हानिए। यो दृश्यले चुनावी अभियानभन्दा पनि ‘नेतृत्वको प्रदर्शन’ र ‘भीड नियन्त्रित उत्सव’ को अनुभूति गरायो।

विवाद भने विराटनगरबाट इटहरीतर्फको यात्रामा चर्कियो। सुनसरी–२ का रास्वपा उम्मेदवार लालविक्रम थापाले स्वागतस्वरूप माला लगाइदिन खोज्दा बालेनले उक्त माला हातले हटाउँदै अगाडि बढे। आफ्नै पार्टीका उम्मेदवारलाई सार्वजनिक रूपमा उपेक्षा गरेको यो दृश्य सामाजिक सञ्जालमा भाइरल बनेपछि बालेनको ‘परिवर्तनको राजनीति’ माथि गम्भीर प्रश्न उठेको छ।

कतिपय समर्थकले यसलाई ‘पुरानो राजनीतिक आडम्बरविरुद्धको साहसी कदम’ भन्दै बचाउ गरे पनि आलोचकहरूले यसलाई अहंकार, असहिष्णुता र आफ्नै सहयात्रीप्रतिको अपमानको रूपमा व्याख्या गरेका छन्। परिवर्तनको नारा बोकेर हिँडेको नेतृत्वले आफ्नै पार्टीभित्रको सम्मानसमेत बेवास्ता गर्नु कत्तिको लोकतान्त्रिक हो भन्ने प्रश्न स्वाभाविक रूपमा उठेको छ।

माला प्रकरणले आलोचना चर्किएपछि बालेन सुनसरीको बराहक्षेत्र पुगे र सप्तकोशी नदीमा जेटबोट चढ्दै खुवालुङ पुगे। त्यसपछि खुवालुङको सांस्कृतिक महत्वबारे सामाजिक सञ्जालमा लामो भावनात्मक लेख सार्वजनिक गरियो। तर माला फालेको भिडियो भाइरल भएको समयमै यस्तो लेख आउनुले धेरैले यसलाई ‘ध्यान मोड्ने रणनीति’ वा ‘विवाद व्यवस्थापन’ को प्रयासका रूपमा हेरेका छन्।

भावी प्रधानमन्त्रीको दाबेदारका रूपमा चित्रित बालेन जहाँ पुग्छन्, त्यहाँ युवाहरूको सेल्फीको हानथाप देखिन्छ। तर प्रश्न यो होइन कि कति युवाले सेल्फी खिचे—प्रश्न यो हो कि बालेनले ती युवालाई के राजनीतिक सन्देश दिए? भाषण छैन, प्रतिबद्धता छैन, नीति छैन—छ भने केवल घण्टी, मौन र प्रतीक।

राजनीतिक विश्लेषकहरूका अनुसार दृश्य र सांकेतिक उपस्थितिले केही समयका लागि उत्साह जगाउन सक्छ, तर लोकतन्त्र मौन प्रदर्शनले होइन, जवाफदेहिताले चल्छ। भाषणबाट भाग्नु ‘नयाँ राजनीति’ हुन सक्छ, तर जनतासँग नबोल्नु अन्ततः राजनीतिक उत्तरदायित्वबाट भाग्नु नै हो।

बालेनको अहिलेको चुनावी दौडले एउटा गम्भीर प्रश्न छाडेको छ—यो अभियान साँच्चिकै जनतासँग संवाद गर्ने यात्रा हो कि शक्ति प्रदर्शन र व्यक्तिकेन्द्रित राजनीतिलाई अझ उचाइमा पुर्‍याउने प्रयास मात्र?

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सेल्फीको भीड, विचारको खडेरी—बालेनको चुनावी यात्रा खोक्रो प्रदर्शनमा सीमित

सामाजिक सञ्जालबाट चुनावको माहौल धमिल्याउने प्रयास हुन सक्छ : आयोग

सम्बन्धित

चुनाव दुई चरणमा नगरियोस् : प्रचण्ड

सामाजिक सञ्जालबाट चुनावको माहौल धमिल्याउने प्रयास हुन सक्छ : आयोग

बदलिएको कांग्रेस सत्ताका लागि जोसँग पनि मिल्दैनः गगन थापा

गगनको नेतृत्वमा कांग्रेसले यसपटक लोकप्रिय मत ३० लाख कटाउला त ? (ऐतिहासिक विश्लेषणसहित)

एमालेको अडानः ‘संसद पुनःस्थापना वा निर्वाचन, अदालतले ढिलो नगरोस्’

काठमाण्डौबाट उडेलगत्तै एउटा इन्जिनमा समस्या आएको विमान कोलकातामा अवतरण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com