ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेस: हिमाली र पिछडिएका जिल्लामा १७ उम्मेदवारको अन्तिम टुंगो


एबीसी न्यूज
माघ ५, २०८२ सोमबार   ७ : १३   बजे

काठमाडौं, माघ ५, २०८२ — आगामी फाल्गुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी तीव्र बन्दै जाँदा नेपाली कांग्रेसले विभिन्न निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्याउने क्रमलाई तीव्र पारेको छ। उता निर्वाचन आयोगमा समानुपातिक बन्दसूचीमाथि दाबी–विरोधको प्रक्रियासमेत चलिरहेको छ।

काभ्रे–२ मा मधु आचार्य कांग्रेसका उम्मेदवार

नेपाली कांग्रेसले काभ्रेपलाञ्चोक निर्वाचन क्षेत्र नम्बर २बाट मधु आचार्यलाई प्रत्यक्ष उम्मेदवार बनाएको छ। आचार्यले सोमबार पार्टी सभापति गगनकुमार थापाबाट टिकट प्राप्त गरेका हुन्। उनी सभापति थापा निकट नेता मानिन्छन्।

भोलि मंगलबार उम्मेदवारी दर्ता हुने समय नजिकिँदै गर्दा कांग्रेसले धमाधम टिकट वितरण गरिरहेको छ। काभ्रे–२ मा नेकपा (एमाले) ले अशोककुमार ब्याञ्जु र नेकपा (माओवादी केन्द्र) ले बसुन्धरा हुमागाईंलाई उम्मेदवार बनाइसकेका छन्।

कांग्रेसले १७ निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्यायो

सभापति गगन थापाले नेताहरूसँगको छलफलपछि हिमाली तथा अन्य जिल्लाका १७ निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्याएको पार्टी स्रोतले जनाएको छ। टुंगिएका उम्मेदवारहरू यसप्रकार छन्—

  • हुम्ला – जयपति रोकाया
  • मुगु – खड्गबहादुर
  • जुम्ला – दीपबहादुर शाही
  • डोल्पा – कर्णबहादुर बुढा
  • कालिकोट – हर्ष बम
  • दैलेख–१ – दिक्पाल शाही
  • दैलेख–२ – बासना थापा
  • सल्यान – केशबहादुर विष्ट
  • बाजुरा – जनक गिरी
  • पूर्वी रुकुम – कुसुम थापा मगर
  • रोल्पा – डा. सुधनकुमार ओली
  • प्युठान – डा. गोविन्दराज पोखरेल
  • ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
  • पाँचथर – नरेन्द्र केरुङ
  • बैतडी – चतुरबहादुर चन्द
  • तेह्रथुम – सन्तोष सुब्बा
  • धनकुटा – दिनेश राई

यी अधिकांश निर्वाचन क्षेत्र हिमाली र पिछडिएका जिल्ला भएकाले कांग्रेसको उम्मेदवार छनोटले पार्टीको समावेशी तथा क्षेत्रीय सन्तुलनको रणनीतिलाई प्रतिबिम्बित गर्ने विश्लेषण गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सरकारले कुन–कुन क्षेत्रमा कति–कति ल्यायो बजेट ?

रास्वपाको ‘नागरिक करार’ र बालेन सरकारको बजेट : नीतिगत तालमेल तर कार्यान्वयनमा आशंका

सम्बन्धित

सरकारले कुन–कुन क्षेत्रमा कति–कति ल्यायो बजेट ?

प्रदेश र स्थानीय तहको बजेट : कतै घट्यो, कतै बढ्यो (पूर्णपाठ)

रास्वपाको ‘नागरिक करार’ र बालेन सरकारको बजेट : नीतिगत तालमेल तर कार्यान्वयनमा आशंका

बजेट २०८३/८४ : २१ खर्ब २४ अर्बको ‘सुधारवादी’ बजेट, प्रदेश र स्थानीय तहमा मिश्रित प्रभाव ![पूर्णपाठ]

आकारमा अस्वाभाविक ठूलो भयो, यो वास्तविक बजेट होइन : पूर्वअर्थमन्त्री पुन

नवीनताको नाममा अन्योलपूर्ण बजेट: एमाले

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group