जनकपुरधाम, माघ ४, २०८२: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह जनकपुर आइपुगेका छन्। काठमाडौं महानगरपालिकाको मेयर पदबाट आइतबार राजीनामा दिएपछि उनी जनकपुर प्रस्थान गरेका हुन्।
जनकपुर विमानस्थलमा रास्वपा सभापति रवि लामिछानेसहित बालेन शाहलाई पार्टीका नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए। स्वागतका क्रममा विमानस्थलको बाहिरिने ढोकामा अत्यधिक भीड जम्मा हुँदा धकेलाधकेल भएको र त्यसक्रममा सिसाको ढोका फुटेको विमानस्थल स्रोतले जनाएको छ।
समर्थकहरूको ठूलो भिडका कारण अवस्था नियन्त्रण बाहिर गएपछि बालेन शाह र रवि लामिछाने केही समय विमानस्थलभित्रै रोकिएका थिए। घटनामा मानवीय क्षति भने नभएको जनाइएको छ।
यो घटनाको दृश्यहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्, जसले बालेनको राजनीतिक यात्रालाई थप चर्चामा ल्याएको छ। निर्वाचन नजिकिँदै गर्दा बालेनको यो जनकपुर भ्रमणले राष्ट्रिय राजनीतिमा नयाँ तरंग ल्याउने देखिन्छ।








प्रतिक्रिया दिनुहोस्