काठमाडौं, ३० पुस । नेपाल विद्युत प्राधिकरणले बुधबार काठमाडौंका विभिन्न स्थानमा विद्युत कटौती हुने बताएको छ ।प्राधिकरणले बुधबार उक सूचना जारी गर्दै महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतका विभिन्न तीन वटा फिडरमा विद्युत् कटौती हुने जनाएको हो ।
प्राधिकरणका अनुसार गणेशस्थान फिडर, भङ्गाल फिडर र शिवपुरी फिडर मातहतका क्षेत्रमा बिजुली कटौती हुने भएको छ । फिडरको भार मिलाउन, नयाँ पासिकोट फिडर निर्माण गरी ब्रेकर तथा भूमिगत तार चार्ज गर्ने प्रयोजनका लागि बिजुली कटौती गर्न लागिएको प्राधिकरणले जनाएको हो ।जारी सूचना अनुसार गणेशस्थान फिडरमा बुधबार बिहान साढे ११ बजेदेखि दिउँसो साढे १ बजेसम्म भोटे चोक, गणेशस्थान आसपासका क्षेत्रका बिजुली कटौती हुने भएको छ ।
त्यस्तै, भङ्गाल फिडरको तल्लो भङ्गाल, धोविखोला करिडोर लगायत क्षेत्रमा बिहान साढे ११ बजेदेखि उिँसो १ बजेसम्म बिजुली कटौती हुने भएको हो ।त्यसैगरी शिवपुरी फिडरको बुढानिलकण्ठ नगरपालिकाको पासिकोट, च्यासिङडोललगायत क्षेत्रमा दिउँसो १ बजेदेखि २ बजेसम्म बिजुली कटौती हुने जारी सूचनामा उल्लेख छ । तोकिएको कार्य निर्धारित समय अगावै सम्पन्न भएको खण्डमा सूचनामा उल्लेखित समय भन्दा अगावै बिजुली नियमित हुने प्राधिकरणले जनाएको हो।



















प्रतिक्रिया दिनुहोस्