ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मतदाता नामावली दर्ता धमाधम, तपाई छुट्नु भयो कि ?


admin

काठमाडौँ, १६ साउन । प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउन मतदाताको उत्साहजनक सहभागिता देखिएको छ ।

क्षेत्रीय निर्वाचन कार्यालयका अनुसार काठमाडौंमा यही साउन १ गतेदेखि १५ गतेसम्म १४ हजार ४८१ जनाले फोटोसहितको मतदाता नामावली दर्ता गराइसकेका छन् ।

नामावली दर्ता गराउनेमध्ये काठमाडौँबाहिरका मतदाता १० हजार ५८९ रहेको जिल्ला निर्वाचन कार्यालय काठमाडौँले जनाएको छ । कार्यालयका अनुसार हालसम्म नामावली दर्ता गराउनेमा पुरुषको संख्या आठ हजार २१, महिला छ हजार ४६२ र तेस्रो लिङ्गी एकजना छन् ।

प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि आयोगले सातै प्रदेशका ७४४ स्थानीय तहमा आजदेखि यही साउन ३२ गतेसम्म मतदाता नामावली दर्ता गर्ने कार्यक्रम सञ्चालन गरेको छ ।

“फोटो खिचाउन स्थानीय तहको निर्वाचनमा भोट हाल्न नपाएका मतदाताको निकै भीड रहेको छ, यस्तो भीड हुन्छ भन्ने कुरा निर्वाचन आयोगले समेत सोचेको थिएन”, क्षेत्रीय निर्वाचन कार्यालय प्रमुख चन्द्रप्रसाद गौतमले बताउनुभयो ।


कार्यालयले मतदाता नामावलीमा नाम दर्ता गराउने कार्य प्रत्येक दिन बिहान ८ देखि साँझ ६ बजेसम्म व्यवस्था गरेको छ ।

निर्वाचन आयोगले काठमाडौँ जिल्लामा मतदाता नामावली दर्ता गराउन काठमाडौंका काठमाडौँ महानगरपालिकासहित १० वटै नगरपालिकामा फोटोसहितको नामावली दर्ता गराउने व्यवस्था गरेको छ । काठमाडांैं महानगरपालिकाको हकमा भने राष्ट्रिय सभा गृह र जिल्ला समन्वय समितिको कार्यालय बबरमहलमा व्यवस्था गरिएको जानकारी क्षेत्रीय निर्वाचन प्रमुख गौतमले दिनुभयो ।

फोटोसहितको नामावली दर्ता गराउन आउने मतदातालाई सहज गराउन कुल ३१ वटा कम्प्यूटरको प्रयोग गरिएको छ । प्रमुख गौतमका अनुसार जिल्ला समन्वय समितिको कार्यालयमा ११ वटा, राष्ट्रिय सभागृहमा १० वटा र नगरपालिकाहरूमा एक एक वटा कम्प्यूटरको व्यवस्था गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com