ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार १, २०८३ सोमबार
```
नेपाल फिफा विश्वकपमा किन जान सकेन ? सुन्दर नरसिंह जोशी,अध्यक्ष, एनआरटी ▶
नेपाल फिफा विश्वकपमा किन जान सकेन ? सुन्दर नरसिंह जोशी,अध्यक्ष, एनआरटी
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सर्वोच्चबाट जनताको अभिमतको अपमान : एमाले


admin
श्रावण १६, २०७४ सोमबार   ७ : ३०   बजे

काठमाडौं, १६ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुन: मतदान गर्न सर्वोच्च अदालतले दिएको आदेश दु:खद् भएको टिप्पणी गरेको छ ।

पार्टी स्थायी समिति बैठकले भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुन: मतदान गर्न सर्वोच्च अदालतले दिएको आदेश दु:खद् भएको प्रतिक्रिया दिएको हो । भक्तपुरको बालकोटस्थित पार्टी अध्यक्ष केपी शर्मा ओली निवासमा सोमबार बसेको बैठकले सर्वोच्च अदालतको आदेशले जनताको अभिमतको अपमान गरेको निष्कर्ष निकाल्दै भविष्यमा गलत नजिर स्थापित हुने आशंका र चिन्ता समेत व्यक्त गरेको छ ।

बैठकपछि पार्टीका सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले यो जानकारी दिनु भएको हो । उहाँले सर्वोच्चको यो आदेशले भविष्यमा गलत नजिर बस्ने हो कि भन्ने चिन्ता पार्टी पंक्तिमा छाएको प्रतिक्रिया पनि दिनु भयो । बैठकले भरतपुर वडा नम्बर १९ का जनताले आफ्नो अभिमतको रक्षा गर्दै पार्टीका उम्मेदवार देवी ज्ञवालीको पक्षमा मतदान गरी न्याय गर्ने विश्वास पनि व्यक्त गरेको छ ।

सचिव भट्टराईले बैठकले भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुन: मतदान हुने भएकाले त्यसको तयारीमा जुट्न पनि स्थानीय पार्टीलाई निर्देशन दिइएको पनि उल्लेख गर्नु भयो ।

एमालेले सबै तहको निर्वाचन सम्पन्न नभई संविधान संशोधन प्रस्ताव अघि नबढाउन पनि सरकार र सत्तारुढ दलहरुलाई चेतावनी दिएको छ । सचिव भट्टराईले सबै तहको निर्वाचन सम्पन्न नभई संविधान संशोधन प्रस्ताव अघि नबढाउने सहमति उल्लंघन नगर्न पनि सरकार र सत्तारुढ दलहरुलाई बैठकले आग्रह गरेको जानकारी दिनु भयो । उहाँले संसदमा विचाराधिन संविधान संशोधन प्रस्तावमा पार्टीको गम्भिर असहमति रहेको पनि स्मरण गराउनु भयो ।

पार्टी स्थायी समिति बैठकले देशका विभिन्न जिल्लामा जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखको उम्मेदवारी पनि तय गरेको छ । काठमाडौंको प्रमुखमा शिव बैद्य र उपप्रमुखमा सरिता दाहाललाई उम्मेदवार बनाइएको छ । त्यसैगरी धादिङमा जगन्नाथ नेपाललाई प्रमुख र विन्दबरण नेपालीलाई उपप्रमुख, दैलेखमा प्रेमबहादुर थापालाई प्रमुख र लक्ष्मी शाहलाई उपप्रमुख, ताप्लेजुङमा घनेन्द्र मादेनलाई प्रमुख र देवीमाया नेपालीलाई उपप्रमुख, सिन्धुपाल्चोकमा गोपाल तामाङलाई प्रमुख र बालकुमारी सापकोटालाई उपप्रमुखको उम्मेदवार बनाउने निर्णय गरिएको छ ।

एमालेले पार्टी जिल्ला कमिटी र प्रदेश कमिटीको सिफारिसमा जिल्ला समन्वय समितिका उम्मेदवारहरु तय गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

साढे तीन महिनापछि अमेरिका–इरानबीच शान्ति सहमति, तेल मूल्यमा गिरावट

निजामती प्रशासनमा भूकम्पको तयारी : १० हजार कर्मचारीको अवकाश, भूतपूर्व सैनिकको प्रवेश !

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

साढे तीन महिनापछि अमेरिका–इरानबीच शान्ति सहमति, तेल मूल्यमा गिरावट

निजामती प्रशासनमा भूकम्पको तयारी : १० हजार कर्मचारीको अवकाश, भूतपूर्व सैनिकको प्रवेश !

आइभोरी कोस्टको नाटकीय जित, अतिरिक्त समयमा डियालो बने नायक

अमेरिका र इरानबीच युद्धविराम सम्झौता, शुक्रबार जेनेभामा औपचारिक हस्ताक्षर हुने

विश्वकपको पहिलो खेलमै जर्मनीको ७–१ को प्रभावशाली जित, तर सानो टापु राष्ट्रको ऐतिहासिक गोलले सबैको मन जित्यो

अन्तिम समयमा जापानको शानदार पुनरागमन, नेदरल्यान्ड्ससँग २–२ को रोमाञ्चक बराबरी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group