ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश ५ को राजधानी छिटो तय गर्न सांसदहरुले गराए ध्यानाकर्षण


admin
चैत्र १५, २०७४ बिहीबार  ७ : ०१ बजे

रुपन्देही, १५ चैत । प्रदेश नं ५ का प्रदेशसभा सदस्यले स्थानीय तहको सेवासुविधादेखि जातीय विभेदका विषय उठाउँदै प्रदेश नं ५को स्थायी राजधानी कहाँ बनाउने भन्ने विषयमा गृहकार्य गरिनुपर्ने बताउनुभएको छ ।

आजको बैठकको शून्य समयमा कपिलवस्तुका प्रदेश सदस्य विष्णु पन्थीले मुख्यमन्त्रीदेखि प्रदेशसभाका सदस्यको मर्यादाक्रमका विषयमा प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो, “प्रदेशको राजधानी कहाँ हुन्छ भन्ने विषयमा परिपक्व ‘होमवर्क’ गर्नुपर्छ ।” सदस्य जल्पा भुसालले प्रदेशको नामकरण अविलम्ब गरियोस् भन्ने माग गर्नुभयो ।

सदस्य पुष्पा थरुनीले थारु समुदायमा देखिएको रक्तअल्पतासम्बन्धी ‘सिकल्ससेल एनिमिया’ नामक रोगको निदान गरी न्यूनीकरण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सदस्य तुलसीप्रसाद चौधरीले कृषकलाई सहज ढंगले बीउबिजन र रासायनिक मल उपलब्ध गराउन आग्रह गर्नुभयो ।

सदस्य दीपा विकले समाजमा विद्यमान जातीय विभेद अन्त्यका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । सदस्य दीर्घनारायण पाण्डेले सदस्यले अहिलेसम्म प्रतीकचिह्नसमेत पाउन नसकेको गुनासो गर्दै जनताको आकांक्षा सम्बोधन हुन नसकेकामा चिन्ता व्यक्त गर्नुभयो । सदस्य भगवतीदेवी भण्डारीले सामाजिक सुरक्षा भत्ता वितरणमा भएको ढिलाइबारे सदनलाई जानकारी गराउन माग गर्नुभयो ।

बैठकमा प्रदेशसभा सदस्य रामजीप्रसाद घिमिरे, विजयबहादुर यादव, भुवनेश्वर चौधरीलगायतले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बैतडीमा जन्ती बोकेको बस दुर्घटना:१३ जानको मृत्यु

जाँचबुझ आयोगको कामप्रति ओलीले किन र के के विषय उठाए ?

सम्बन्धित

मनाङमा चुनावी चहलपहल सुरु : यशोदा सुवेदी गुरुङ

तनहुँ–१ को ‘ट्रिपल थ्रेट’ : स्वर्णिमको लहर कायम कि भगवती न्यौपानेले एमाले मत जोगाउँछिन्?

रास्वपाको ‘सादगी चरित्र’ अभियान: माछामासु-रक्सी बन्द, ४ मिनेट ढिलाइमा ४ पटक उठबस!

रुपन्देहीका क्षेत्र १, ४ र ५ : कांग्रेस–एमालेको पुरानो द्वन्द्व, रास्वपाको युवा चुनौती र नेकपाको मधेस कार्ड !

रुपन्देही–२ : विष्णु पौडेल र चुन्नु पौडेलबीच ‘क्लासिक’ प्रतिस्पर्धा, रास्वपाले कति मत काट्ला ?

रुपन्देही–३ : मुख्य प्रतिस्पर्धामा तीन उम्मेदवार-रास्वपालाई बागीको डर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com