ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विदेश नीति सन्तुलित रहन्छ: प्रधानमन्त्री ओली


admin
चैत्र १२, २०७४ सोमबार  ६ : ०४ बजे

काठमाडौँ, १२ चैत। प्रधानमन्त्री केपी शर्मा ओलीले मित्रताको नीतिमा अगाडि बढेको नेपालको विदेश नीति सन्तुलित रहने बताउनुभएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज ‘नेपाल–चीन सम्बन्ध’ शीर्षक पुस्तकको लोकार्पणपछि प्रधानमन्त्री ओलीले सबै मित्र राष्ट्रसँगको सम्बन्ध समानताका आधारमा रहने बताउँदै भन्नुभयो, “हामी मित्रतामा जोड दिन्छौं, हाम्रो नीति मित्रताको हो, यो असमान हुँदैन, असन्तुलित पनि हुँदैन, यो समान हुन्छ ।”

प्रधानमन्त्री ओलीले छिमेकसँगको मित्रतालाई नेपालले अत्यन्त महत्व दिने स्पष्ट पार्दै दुई छिमेकीसँगको मित्रतालाई खँदिलो र भरिलो बनाउँदै लैजाने बताउनुभयो । नेपालले आफ्नो अघिल्लो प्रधानमन्त्रित्वकालमा चीनसँग व्यापार तथा पारवहन सम्झौता गरेको जानकारी पनि उहाँले दिनुभयो ।

नेपालमा भएको परिवर्तन र शान्तिलाई दख्खल दिने विषयमा सह्य नभएको बताउँदै उहाँले भन्नुभयो,“ सामाजिक सम्बन्धलाई खलबल्याउने प्रयास सैह्य छैन ।” प्रधानमन्त्री ओलीले विश्वमै कायम रहेको असमानता तत्काल अन्त्य नभए पनि न्यूनीकरणमा पहल गरिने प्रतिबद्धता व्यक्त गर्दै भेदभाव भने अन्त्य गरेरै छाड्ने बताउनुभयो ।

पछिल्ला दिनमा नेपालमा लगानीको वातावरण बन्दै गएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “हामी लगानीमैत्री छौंँ, लगानीका लागि सबैसँग सहकार्य गरेर अगाडि बढ्न तयार छौंँ ।” अर्काे प्रसङ्गमा उहाँले वाम पार्टीबीचको एकता देशको परिवर्तन र समृद्धिसँग जोडिएको बताउँदै भन्नुभयो,“ वाम एकता राष्ट्रिय एकतासँग जोडिएको विषय हो, नेपालको यस परिवर्तनलाई विश्वले खुशीसाथ गृहण गरेको छ, स्वीकारेको छ ।”

कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारले अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलित रुपमा विस्तार गर्दै लैजाने विश्वास दिलाउनुभयो । उहाँले चीन नेपालमा लगानी ल्याउने ठूलो राष्ट्र भएको उल्लेख गर्दै आगामी दिनमा दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुग्ने बताउनुभयो ।

पूर्वउपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले नेपाल–चीन सम्बन्ध प्रगाढ रहेको र चीनले नेपालको आन्तरिक मामिलामा कहिल्यै हस्तक्षेप नगरेको बताउँदै आगामी दिनमा सरकार एवं जनतासँगको सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

पुस्तकमा प्रधानमन्त्री ओली, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पूर्वउपप्रधानमन्त्री कोइरालासहित छ पूर्वराजदूतलगायतका परराष्ट्रसम्बन्धी २५ लेख समाविष्ट छन् । इन्टरनेसनल कन्सर्न सेन्टरले प्रकाशनमा ल्याएको ३७२ पृष्ठको पुस्तकको मूल्य रु एक हजार छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुशासनको नारामाथि प्रश्न : गृहमन्त्रीको सम्पत्तिले सामाजिक तरंग

नयाँ वर्ष २०८३ : सूर्य मेषमा प्रवेश गर्दा किन जाग्छ नयाँ उमंग ?

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सरकारले ल्यायो ‘राष्ट्रिय प्रतिबद्धता’को मस्यौदा, प्रमुख दलबाट सुझाव माग (पूर्णपाठ)

सुशासनको नारामाथि प्रश्न : गृहमन्त्रीको सम्पत्तिले सामाजिक तरंग

नयाँ वर्ष २०८३ : सूर्य मेषमा प्रवेश गर्दा किन जाग्छ नयाँ उमंग ?

नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति

नयाँ वर्षमा प्रधानमन्त्री बालेनको कामना : सबैको जीवनमा सुख र आरोग्य छाओस्

दलगत स्वार्थ त्यागेर मुलुक र जनताको हितका सहकार्य गर्न आवश्यकः सभापति थापा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com