काठमाडौं, ११ चैत । ओखलढुङ्गा खिजिदेम्बा गाउँपालिका ८ खिजिकातीका ५० वर्षीय गुमनसिंह सुनुवारलाई आफ्नै छोराले खुकुरी हानेर गम्भीर घाइते बनाएका छन्।
सामान्य घरायसी विवादमा गुमनसिहलाई उनकै छोरा २५ वर्षीय जीवन सुनुवारले खुकुरी प्रहार गरेका थिए। शरीरका विभिन्न भागमा चोट लागेका सुनुवारलाई उपचारका लागि काठमाडौं पठाइएको इलाका प्रहरी कार्यालय खिजिफलाटेले जनाएको छ।
जीवनलाई बाबुलाई खुकुरी प्रहरी गरी हत्या प्रयास गरेको आरोपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।



















प्रतिक्रिया दिनुहोस्