काठमाडौं, ६ जेठ । नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यक्रम जनतासंग माओवादी, मध्यपहाडि लोकमार्ग अभियान अन्र्तगत आज (मंगलबार) रुकुम पश्चिमको चौरजहारीमा विशाल जनसभाको आयोजना गरिएको छ । जनसभालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सहित अन्य शिर्ष नेतृत्वले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
चौरजहारीमा हुने जनसभामा जिल्लाका सबै पालिकाबाट नेता कार्यकर्ता सहित सर्वसाधरणहरुको ठुलो सहभागीता रहने नेकपा माओवादी केन्द्र रुकुम पश्चिमले जनाएको छ । प्रचण्डले जनसभामा सम्बोधन गर्नुका साथै त्यसअघि सहिदपरिवारसंग भेटघाट समेत गर्नेछन । प्रचण्डले मंगलबार विहान चौरजहारी पार्टी कार्यालयमा शहीदपरिवारहरु संगै, जनयुद्धका घाईते, आपांग, पूर्व जनमुक्ति सेनाको टिमसंग भेटघाट गर्नेछन ।


















प्रतिक्रिया दिनुहोस्