ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौँ–सुर्खेत सिधा हवाई सेवा शुरु हुँदै


admin

काठमाडौँ, ९ चैत । केन्द्रीय राजधानी काठमाडौँबाट कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सिधा हवाई सेवा सञ्चालन हुने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बुधबार कर्णालीको पर्यटन विकाससम्बन्धी छलफलको निर्णयसँगै सुर्खेत उडान शुरु गर्न लागिएको हो । काठमाडौँबाट करीव एक घण्टाको हवाई यात्रापछि सुर्खेत पुगिन्छ ।

पर्यटनमन्त्री रवीन्द्र अधिकारी र कर्णाली प्रदेशका मुख्य मन्त्रीबीच कर्णालीको पर्यटन विकासका लागि प्रत्यक्ष हवाई उडान गर्ने निर्णय भएको थियो ।

छलफलमा सहभागी हवाई सेवा प्रदायक कम्पनीका प्रमुख तथा प्रतिनिधिले काठमाडौँ सुर्खेत नियमित उडान गर्ने प्रतिबद्धता जनाएको पर्यटन मन्त्रालयले जनाएको छ ।

पर्यटनमन्त्री अधिकारीले काठमाडौँ सुर्खेत सिधा उडानका लागि आवश्यक सहयोग गर्न मन्त्रालयले कुनै कसर बाँकी नराख्ने भन्दै तत्काल उडान सञ्चालन गर्ने र उडानसम्बन्धी समस्यालाई छलफलका माध्यमबाट समाधान गरिने बताउनुभयो ।

कर्णाली प्रदेशका पर्यटनमन्त्री नन्दसिंह बुढाले सरकारले ‘रारा कर्णाली पर्यटन वर्ष–२०७५’ मनाउन लागेको सन्दर्भमा कर्णाली प्रदेशमा हवाई उडान भए काठमाडौँ कर्णालीवासीको मुहारमा खुशी जोडिने बताउनुभयो ।

छलफलमा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक, नेपाल एरलाइन्स, बुद्ध एयर, तारा एयर, सीता एयर, सिम्रिक एयरलाइन्ससहित विभिन्न हवाई सेवा प्रदायकको उपस्थिति रहेको थियो ।

उक्त छलफलमा बुद्धएयर नेपाल एरलाइन्सले अबको दुई हप्तामा उडान भर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आउँदो वैशाख १ गतेदेखि हुने रारा कर्णाली महोत्सवलाई यो उडानले थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

बुद्धएयरले वैशाख १ देखि उडान शुरु गर्ने 

निजी वायुसेवा कम्पनी बुद्ध एयरले वैशाख १ गतेदेखि काठमाडौँ–सुर्खेत उडान सञ्चालन गर्ने भएको छ ।

देशको बद्लिँदो राजनीतिक, सामाजिक र आर्थिक परिस्थितिमा कर्णाली प्रदेशको राजधानी सुर्खेतलाई केन्द्रीय राजधानी काठमाडौँसँग जोड्नु आफ्नो दायित्व भएको भन्दै नयाँ वर्ष वैशाख १ देखि पुनःउडान सञ्चालन गरिने बुद्ध एयरले आज विज्ञप्तिमार्फत जनाएको हो ।

उडान सञ्चालनका लागि नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृति पाएलगत्तै बुद्धले १८ सिट क्षमताको बीच १९०० डि जहाजबाट काठमाडौँ–सुर्खेत–काठमाडौँको दैनिक एक उडान भर्ने योजना बनाएको छ ।

बुद्ध एयरले यसअघि विसं २०६९ पुसदेखि २०७० असारसम्म काठमाडौँबाट सुर्खेतको दैनिक उडान सञ्चालन गरेको थियो । उक्त अवधिमा प¥र्याप्त यात्रु नहुँदा आर्थिक भार परी सुर्खेत उडान बाध्यताबश रोकिन गएको कम्पनीले जनाएको छ ।

नेपाल सरकार तथा नागरिक उड्डयन प्राधिकरणले तोकेको अधिकतम एकतर्फी भाडा दर रु ११ हजार ४१९ भए तापनि आधा सिट रु आठ हजार ५०० र बाँकी आधा सिट रु १० हजार ५०० मा बेच्ने कम्पनीले जनाएको छ । यता राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले पनि चाँडै सुर्खेत उडान भर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com