ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वि.सं २०७६ सम्ममा नेपालको पानी जहाज समुद्रमा चल्छ- प्रधानमन्त्री ओली


admin
चैत्र ९, २०७४ शुक्रबार  ६ : १८ बजे

काठमाडौँ, ९ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले सकारात्मक परिवर्तनका लागि कष्टशाध्य प्रयास अभियानसहित सरकारले विविध कार्यक्रम ल्याउने बताउनुभएको छ ।

उनन्तीसऔँ राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनी र उत्कृष्ट लघु, घरेलु तथा साना उद्यमी पुरस्कार कार्यक्रमको आज भृकुटी मण्डपमा उद्घाटन गर्दै उहाँले भन्नुभयो –“समृद्धिका लागि कुनै कसर बाँकी राख्ने छैन् ।”

प्रधानमन्त्री ओलीले सर्वाधिक रोजगारी सिर्जना गर्ने लघु तथा घरेलु उद्योगका क्षेत्रलाई प्राथमिकताका साथ अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्दै “देश बनाउका लागि म कृतसंकल्पित छु, हाम्रो टिमको अठोट छ, मुलुक समृद्धिको बाटोमा अघि बढ्छ,”भन्नुभयो ।

नयाँ परिस्थिति र सम्भावनामा देखिएका चुनौतीलाई सामना गरेर अगाडि बढ्ने बताउँदै उहाँले काठमाडौँ उपत्यकामा रेल र विसं २०७६ सम्ममा नेपालको पानी जहाज समुद्रमा चल्ने बताउनुभयो ।प्रधामन्त्री ओलीले गरेरै देखाउने भन्दै आफ्ना प्रतिबद्धतालाई नउडाउन आग्रहसमेत गर्नुभयो ।
उद्योगी तथा व्यवसायीको मनोवल कमजोर हुन नदिने बताउँदै उहाँले आआफ्ना विशेषताअनुसारको उद्योग र उद्यमशीलतालाई प्रवद्र्धन गरेर अगाडि बढिने स्पष्ट पार्नुभयो ।

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले सरकार आर्थिक समृद्धि र सुशासनको बाटोमा रहेकाले औद्योगिक क्षेत्रका समस्यालाई सम्बोधन गरेर आगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “भाषण होइन, काम गरेर देखाउनेछौँ ।”

प्राथमिकताका आधारमा लघु, घरेलु उद्योगलाई स्थापित एवं संरक्षण गर्दै लैजानुपर्नेमा जोड दिँदै मन्त्री यादवले निजी क्षेत्र र सरकार मिलेर मुलुकको विकासमा जुट्ने बताउनुभयो ।

उद्योग सचिव यामकुमारी खतिवडाले स्थानीय श्रममा आधारित तुलनात्मक लाभ भएका लघु, घरेलु तथा साना उद्योगको विकास, प्रवद्र्धन एवं संरक्षणको आवश्यकता भएको उल्लेख गर्दै देशको सुगम तथा दुर्गम क्षेत्रमा छरिएर रहेका उद्यमीको सीप, प्रविधि र उद्यमशीलताको कदर गरेर अगाडि बढिने बताउनुभयो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर्स अफ कमर्स, नेपाल घरेलु तथा साना उद्योग महासंघ, राष्ट्रिय लघु, घरेलु तथा साना उद्योग महासंघका नेतृत्वले राज्यले घरेलु उद्योगबाट उत्पादित वस्तुको प्रयोग गरेर यस क्षेत्रको प्रवद्र्धन गर्न सरकारसंग अनुरोध गर्नुभयो ।

घरेलु तथा उद्योग विकास समितिका कार्यकारी निर्देशक नवीनकुमार झाले विसं २०४२ देखि निरन्तररुपमा चल्दै आएको यस कार्यक्रमलाई आगामी दिनमा पनि अगाडि बढाउँदै लैजाने बताउनुभयो ।

पाँच दिनसम्म भृकुटी मण्डपस्थित प्रदर्शनी कक्षमा हुने सो प्रदर्शनीमा ७७ जिल्लाका उद्यमीले ३०० कक्षबाट आफ्ना वस्तु तथा सेवाको प्रदर्शनी शुरु गरेका हुन् । यस अवधिभर करीव पाँच लाख दर्शकले अवलोकन गर्ने र रु आठ करोडको कारोबार हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

धादिङमा बस दुर्घटना : घाइते २८ जनाको सनाखत (सूची)

चुनावको मुखमा रास्वपा पहिरो जाने क्रम थामिएनः हल्लियो वैकल्पिक शक्तिको आधार

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

धादिङमा बस दुर्घटना : घाइते २८ जनाको सनाखत (सूची)

Balen deploys one ‘strategic card’ after another to defeat Oli

ट्रम्प निवासमा हतियारधारी प्रवेश : सुरक्षाकर्मीले गोली हानी हत्या

चुनावको मुखमा रास्वपा पहिरो जाने क्रम थामिएनः हल्लियो वैकल्पिक शक्तिको आधार

त्रिशूलीमा बस खस्यो : १७ जनाको घटनास्थलमै मृत्यु, २४ घाइते

घण्टी बजाउँदै चुनाव प्रचार : आयोगको डण्डा, रास्वपा र राप्रपाबीच आरोप–प्रत्यारोप

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com