ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बेगनासमा सशस्त्रको रेस्क्यु अभ्यास


एबीसी न्यूज

पोखरा, १० वैशाख । बेगनास तालमा कम्युनिटी सर्च एन्ड रेस्क्यु तालिम र विपद् प्रतिकार्य नमुना अभ्यास गरिएको छ । गण्डकी प्रदेश सरकारको सहयोग एवं सशस्त्र प्रहरी बल, मुक्तिनाथ बाहिनीको समन्वय र सशस्त्र प्रहरी बल नेपाल कालिका गणको आयोजनामा भएको कार्यक्रम ३ दिनसम्म चलेको थियो ।
कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जल उत्पन्न प्रकोपसम्बन्धी अभ्यासले सहभागीहरुमा पुनर्ताजगी पैदा गर्नुका साथै थप अभ्यस्त बनाएको बताए । विपद् जस्तो मानवीय संवेदनासँग प्रत्यक्ष जोडिएको विषयमा आवश्यक जुनसुकै साधन स्रोत व्यवस्थापनको लागि प्रदेश सरकार अभिभावकीय भूमिका निर्वाह गर्न हरदम तयार रहेको मुख्यमन्त्री पाण्डेको भनाइ छ ।

विपद्का घटना कम गर्न मद्धत पुगोस् भन्ने उद्देश्यले गण्डकी प्रदेश सरकारले सबै सुरक्षा निकायसँगको समन्वय र सहकार्यमा विपद् नमुना अभ्यास, तालिम, प्रतिकार्य र सामग्री हस्तान्तरणका कार्यक्रममा सहकार्य गर्दै आएको उनले बताए । विपद्को सम्भावित खतरा न्यूनीकरण र विपद्पछिको खोज, उद्धार, उपचार, राहत लगायतका काममा सरोकारवाला सबै एकजुट भएको खण्डमा ठूला विपद्को सहजै सामना र सहजीकरण गर्न सकिने उनले बताए । विपद् व्यवस्थापनका लागि प्रदेश सरकारले वार्षिक रुपमा आर्थिक स्रोतको पनि सुनिश्चतता गर्दै आएको छ ।

प्रदेश सरकारको सहयोगमा फेवातालमा वाच टावर सञ्चालन गरिएको छ भने बेगनास तालमा पनि यस वर्षदेखि वाच टावर निर्माण सुरु भएको छ । विपद्का बेला छिटो उद्धार, उपचार र राहतमा सघाउन सक्ने गरी यस्ता तालिम, प्रशिक्षण दिने, यन्त्र उपकरणहरु सहयोग गर्ने, सुरक्षाकर्मीको मनोबल बढाउने, आवश्यक सामाग्रीहरु सहयोग गर्ने काम प्रदेश सरकारले गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com