संखुवासभा, १० बैशाख ।संखुवासभाको सदरमुकाम खाँदबारीमा रहेको सूर्य आवासीय माध्यमिक विद्यालयका एक शिक्षकले आफ्नै विद्यार्थीलाई यौन दुर्बहार गरेको कसुरमा पक्राउ परेका छन् ।
बाल यौन दुरूपयोग कसुरमा चैनपुर नगरपालिका–३ सिद्वकाली स्थायी घर भई हाल खाँदबारी नगरपालिका–१ बस्दै आएका ३१ बर्षीय विवेक खत्रीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाको प्रहरी निरिक्षक रामकुमार लामिछानेले बताए । उनको अनुसार, आइतबार विहान १ बजे होस्टेलको आफु सुत्ने कोठामा बोलाई बाल यौन दुरूपयोग गरेको उजुरीको आधारमा पक्राउ गरिएको र जिल्ला अदालतबाट मंगलबार पाँच दिनको म्याद थप गरि थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
शिक्षक खत्री विद्यालयको होस्टेलमा बस्दै आएका थिए भने सोही होस्टेलमा विद्यालयमा अध्ययनरत एक १७ बर्षीय कक्षा १२ मा पढ्ने छात्रा समेत बस्दै आएकी थिइन । विद्यार्थीलाई राति मोबाईलमा म्यासेज गरेर बोलाएको, विभिन्न डरधम्की दिएर यौन शोषण गर्न खोजेको भन्दै छात्राले जिल्ला प्रहरी कार्यालय संखुवासभामा उजुरी दिएकि थिइन ।








प्रतिक्रिया दिनुहोस्