ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकी उपराष्ट्रपति आजदेखि भारत भ्रमणमा


एबीसी न्यूज

काठमाडौं ८ बैशाख । अमेरिकी उपराष्ट्रपति जेडी भेन्स आज चार दिने भारत भ्रमणका लागि दिल्ली आइपुग्दै छन् ।

उनीहरूको स्वागतका लागि सडकहरूमा ठूला–ठूला होर्डिङहरू राखिएको छ भने दिल्लीको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

भारतीय मूलकी श्रीमती ऊषा र तीन सन्तानसहित आज बिहान भारत भ्रमणमा आउन लागेका भेन्सले आजै प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

भेन्स दिल्ली आइपुगेपछि सबैभन्दा पहिले आफ्ना परिवारसहित स्वामीनारायण अक्षरधाम मन्दिर जानेछन् ।

भारतीय समय अनुसार आज साँझ साढे ६ बजे प्रधानमन्त्री मोदीले प्रधानमन्त्री निवासमा भेन्स र उनको परिवारको स्वागत गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री निवासमा डिनर, त्यसपछि वार्ता

प्रधानमन्त्री मोदीले आज जेडी भेन्सको सम्मानमा रात्रिभोज ९डिनर० आयोजना गरेका छन् ।

त्यसपछि भारत र अमेरिकाबीच औपचारिक वार्ता हुने छ । उक्त वार्तामा भारतीय टोलीमा विदेश मन्त्री एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, विदेश सचिव विक्रम मिस्री र अमेरिकामा भारतका राजदूत विनय मोहन क्वात्रा सहभागी हुनेछन् ।

पाँच सदस्यीय अमेरिकी प्रतिनिधिमण्डल सहित आउन लागेका भेन्सले भारतका आगरा र जयपुर भ्रमण गर्ने कार्यक्रम पनि छ ।

ट्यारिफ, व्यापार र रक्षा प्रमुख एजेण्डा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसहित ६० देशमा ट्यारिफ ९आयात शुल्क० लगाएको बेला उपराष्ट्रपति जेडी भेन्सको यो भ्रमणलाई चासोका साथ हेरिएको छ । त्यसैले दुवै देशबीच हुने वार्तामा व्यापारको विषय सबैभन्दा प्रमुख बन्ने छ ।

यसका साथै क्षेत्रीय सुरक्षा र आपसी सम्बन्धहरूबारे पनि छलफल हुने अपेक्षा गरिएको छ ।

भारत–अमेरिका व्यापार सम्झौताको पहिलो चरण सम्पन्न गर्न भेन्सको यो भ्रमण महत्त्वपूर्ण मानिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

दुवै देशले सन् २०३० सम्ममा आपसी व्यापार ५०० अर्ब डलरसम्म पुर्‍याउने लक्ष्य राखेका छन्, त्यसैले भेन्स र मोदीबीच व्यापार, आयात शुल्क र शुल्कका बाधाहरू हटाउनेबारे विस्तृत छलफल हुने सम्भावना छ ।

यसका साथै, ट्रम्प प्रशासनको ट्यारिफ नीतिका कारण देखिएको तनाव कम गर्दै आपसी समझदारी बनाउनेतर्फ पनि भेन्सको यो यात्रा महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।

यस्तो छ अमेरिकी उपराष्ट्रपतिको भ्रमण तालिका

जेडी भेन्स आज बिहान दिल्ली आएपछि राति नै जयपुरतर्फ प्रस्थान गर्ने कार्यक्रम छ । त्यहाँ उनी रामबाग प्यालेसमा बस्ने छन् ।

२२ अप्रिल अर्थात् वैशाख ९ गते भेन्स जयपुरमा आमेर फोर्ट, सिटी प्यालेस र जन्तर मन्तर अवलोकन गर्ने छन् । उनी जयपुरमा आयोजना हुने इन्टरनेसनल बिजनेस समिटमा पनि सहभागी हुने छन् ।

२३ अप्रिल अर्थात् वैशाख १० गते भेन्स आफ्ना परिवारसहित आग्राको ताजमहल हेर्न जानेछन् ।

आगराबाट पुनः जयपुर फर्किएपछि २४ अप्रिल अर्थात् वैशाख ११ गते भेन्स अमेरिका फर्किने कार्यक्रम छ ।

जेडी भेन्सको परिवारको यो पहिलो भारत भ्रमण हो । भेन्सकी पत्नी ऊषा भारतीय मूलकी हुन् । ऊषाका बाबुआमा आन्ध्र प्रदेशको पूर्वी गोदावरी र कृष्णा जिल्लाका हुन्, जो पछि अमेरिका गएका थिए र त्यहीँ बसोबास गरेका थिए ।

ऊषाको जन्म अमेरिकामै भएको थियो । उनी पहिलोपटक भारत आइरहेकी छन् ।

भेन्स र ऊषाका तीन सन्तान छन्– इवान, विवेक र मीराबेल । ऊषा भेन्सले आफ्नो पहिलो भारत भ्रमणलाई लिएर निकै उत्साहित रहेको बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com