ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रेस स्वतन्त्रतामा कुनै हस्तक्षेप हुँदैन : राज्यमन्त्री बाँस्कोटा


admin
चैत्र ७, २०७४ बुधबार  ५ : १९ बजे

काठमाडौँ, ७ चैत। सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्छ भन्ने कुनै शंका नराख्न आग्रह गर्नुभएको छ ।

नेपाल पत्रकार महासंघद्वारा आज यहाँ आयोजित बधाई तथा शुभकामना कार्यक्रममा उहाँले सकारले संविधानको मौलिक हकमा रहेको प्रेस स्वतन्त्रतालाई अक्षुर्ण राख्न नयाँ सरकार प्रतिबद्ध रहेको स्पष्ट गर्नुभयो ।

श्रमजीवी पत्रकारको न्युनतम पारिश्रमिक समयअनुसार बढाउँदै तोकिएको पारिश्रमिक कार्यान्वयन गर्न सरकार र सञ्चार गृह उत्तिकै जिम्मेवार हुनुपर्ने राज्यमन्त्री बाँस्कोटाको भनाइ छ ।

“अबको दशक नवनिर्माणको दशक हो, अधिकार प्राप्तिको आन्दोलन समाप्त भएको छ, प्राप्त अधिकारलाई संस्थागत गर्दै नवनिर्माणको यात्रामा हातेमालो गर्दै अगाडि बढ्न आग्रह गर्दछु”–राज्यमन्त्री बाँस्कोटाले भन्नुभयो ।

नकारात्मक मात्रै समाचार सम्प्रेषण नगर्न आमसञ्चार माध्यमलाई आग्रह गर्दै राज्यमन्त्री बाँस्कोटाले सञ्चार क्षेत्रमा गर्नुपर्ने सुधारका लागि लिखित सुझाव दिन सम्बन्धित संघ÷संस्थालाई आग्रह गर्नुभयो ।

महासंघका अध्यक्ष गोविन्द आचार्यले राष्ट्रिय आमसञ्चार नीति कार्यान्वयन र पत्रकारको न्यूनतम पारिश्रमिक लागू गराई पत्रकारिताको गुणात्मक विकासमा नयाँ सरकारले कदम चाल्ने अपेक्षा व्यक्त गर्नुभयो ।

महासंघका पूर्व अध्यक्ष डा महेन्द्र विष्टले पत्रकारको पेशागत सुरक्षा र नियुयिक्तपत्रसँगै सञ्चारमा गरिएको लगानी पारदर्शी हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा प्रेस सेन्टर नेपालका अध्यक्ष महेश्वर दाहाल, प्रेस चौतारी नेपालका वरिष्ठ उपाध्यक्ष माधव नेपाल र नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले साना लगानीका सञ्चार माध्यमलाई बचाई राख्न समानुपातिक विज्ञापन प्रणाली कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावको मुखमा अशान्त रौतहट: रौतहटमा सम्प्रदायिक हिंसाको इतिहास यस्तो छ

इतिहासले पन्छाएकाहरू चुनावबारे भ्रम फैलाइरहेका छन् : प्रचण्ड

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

घण्टी बजाउँदै चुनाव प्रचार : आयोगको डण्डा, रास्वपा र राप्रपाबीच आरोप–प्रत्यारोप

नेपाली सेनाद्वारा ४३ जिल्लामा निर्वाचन सामग्री ढुवानी

कांग्रेसले भन्यो – असुरक्षासँगै पार्टीका उम्मेदवारमाथि अपमान र दुर्व्यवहार बढ्यो

बुटवल पुगेर कुलमानले भनेः सहकारी ठगीका दोषीलाई कारबाही हुनुपर्छ

कीर्तिपूरका पूर्वमेयर रमेश मर्हजन नेकपामा प्रवेश

सशस्त्रका २३ एसएसपी निर्वाचन सुरक्षा अनुगमनमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com