ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इजरायली हवाइ आक्रमणमा ४५० भन्दा बढीको हत्या, नरक खुलेको ट्रम्पको चेतावनी


ABC News

काठमाडौं ५ चैत । इजरायली हवाई सेनाले मंगलबार बिहानै गाजा पट्टीभर भीषण हवाई आक्रमण गर्दा ४५० भन्दा बढीको निशृंश हत्या भएको छ। इजरायल र हमासबीचको युद्धविराम सुरु भएको करिब दुई महिनापछि गाजा क्षेत्रमा इजरायलले छापमार ढंगले हवाइ आक्रमण गरेको हारट्जे दैनिकले जनाएको छ । गाजाको स्वास्थ्य मन्त्रालयले हमलामा ४५० भन्दा भन्दा बढी मानिस मारिएको मारिउएको जनाएको न्यूयोर्क टाइम्सले लेखेको छ ।
इजरायलले गाजामा पुनः हमला कमजोर युद्धविरामलाई विस्तार गर्ने उद्देश्यले हप्तौंसम्म चलेको निष्फल वार्तापछि भएको हो । जनवरीको मध्यमा सुरु भएको युद्धविरामाले क्षेत्रमा १५ महिनासम्म चलेको विनाशकारी लडाइँलाई रोकेको थियो। इजरायली हमलाहरू हमासलाई वार्तामा सम्झौता गर्न बाध्य पार्ने छोटो प्रयास थियो वा द्वन्द्वको नयाँ चरणको सुरुवात भन्ने केही स्पष्ट नभएपनि प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पूर्ण युद्ध पुनः शुरु भएको घोषणा गरेको छ ।

स्थानीय समयअनुसार बिहान २ः३० बजे ठीकअघि, इजरायली सेनाले हमासका लक्ष्यहरूमा ‘विस्तृत हमला’ गरिरहेको घोषणा गर्‍यो। गाजा स्वास्थ्य मन्त्रालयका अनुसार कम्तीमा ४०० प्यालेस्टाइनीहरू, मारिंदा अधिकांश बालबालिकाहरू रहेको अलजजिरालो बताएको छ ।

हमासले अझैसम्म हमलाको सैन्य जवाफ दिएको छैन ।

ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलाइन लेभिटले इजरायलले हमला सुरु गर्नुअघि ह्वाइट हाउससँग परामर्श गरेको बताएकी छन् । संयुक्त राज्य अमेरिकाले हालै यमनमा हुती उग्रवादी समूहमाथि हमलाको लहर सञ्चालन गरिरहेको छ । हुथी समूहले युद्धको हिस्साको रूपमा एक वर्षभन्दा बढी समयदेखि इजरायलमाथि मिसाइल र ड्रोन प्रहार गरिरहेको थियो।

अमेरिकी राष्ट्रपति ट्रम्पले ‘हमास, हुतीहरू, र जसले इजरायल मात्र होइन, संयुक्त राज्य अमेरिकालाई पनि आतंकित गर्न खोज्छन्, उनीहरूले मूल्य चुकाउनुपर्नेछ,’ चेतावनी दिएको सचिव लेभिटले सोमबार राति अमेरिकी टीभी फक्स न्यूजसँगको कुराकानीमा बताएकी थिइन् । उनका अनुसार अब ‘सबै नरक खुल्नेछ।’

कतारको दोहामा जारी युद्धविराम लम्व्याउने बर्ताले हमासको नेतृत्वमा भएको अक्टोबर ७, २०२३ को आक्रमणमा लिइएका थप बन्धकहरूलाई मुक्त गर्ने अपेक्षा गरिएको थियो। त्यही बीचमा गाजामा इजरायली सैन्य आक्रमण सुरु भएको छ । तर इजरायली नेताहरूले हमासको क्षेत्रमा शासनको अन्त्य नभएसम्म युद्ध समाप्त गर्न अनिच्छुक रहेको बताइरहेका छन् ।

हमासले इजरायलले ूयुद्धविराम सम्झौतालाई उल्टाउने निर्णय गरेको र गाजामा बाँकी बन्धकहरूलाई अज्ञात भाग्यको सामना गर्न बाध्य पारेकोू आरोप लगायो।

अहिले सम्म हमासका कम्तीमा पाँच वरिष्ठ अधिकारीहरूको मृत्यु भएको सार्वजनिक रुपमा स्वीकार गरेको छ ।

दुई महिनाको सापेक्षिक शान्तिपछि, इजरायली आक्रमणले गाजमा युद्ध फर्किएको देखाएको छ ।

इजरायली सरकारका अनुसार गाजामा बाँकी रहेका ५९ बन्धकहरूमध्ये आधाभन्दा कम जीवित रहेको अनुमान गरिएको छ।
इजरायली सेनाले इजरायलको सीमानजिकै गाजाका केही भागमा बस्ने प्यालेस्टाइनीहरूलाई आफ्नो घर छोड्न आदेश दिएको छ । ती क्षेत्रहरूलाई खतरनाक युद्ध क्षेत्रको रूपमा लेबल गरिएको छ ।इजरायलले यो महिनाको सुरुमा गाजामा मानवीय सहायता प्रवेश गर्न बन्द गरिदिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com