ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विषादीरहित तरकारी भित्र्याउने मेयरको मिसन काँँकडभिटामा अपरेसनमा


admin

काँकडभिट्टा, ६ चैत। पूर्वी नाका काँकडभिट्टा हुँदै भारतबाट भित्रिने सागसब्जीको विषादी जाँच गर्न थालिएको छ ।

आइतबारदेखि मेचीनगर नगरपालिका, प्लान्ट क्वारेन्टाइन, सुरक्षा निकाय र बिर्तामोडस्थित विषादी अवशेषविरुद्ध विश्लेषण एकाइले आयातीत चार किसिमका सब्जीको विषादी जाँच गर्न शुरु गरेको हो ।

(मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य)

संयुक्त टोलीले काँकडभिट्टा प्रवेशद्वारमै पुगेर भारतबाट साइकल र ठेलामार्फत भित्रिएका करेला, काँक्रा, ब्रोकाउली र खुर्सानीमा त्यस्तो जाँच गरेको मेचीनगर नगरपालिकाका खाद्य विश्लेषक दीपेन्द्र कार्कीले बताउनुभयो ।

टोलीले सब्जीको नमूना संकलन गरी जाँचका लागि बिर्तामोडस्थित प्रयोगशाला पठाएको थियो । विषादीको मात्रा जाँच्ने प्रयोगशाला बिर्तामोडमा मात्र रहेको छ । कृषि विभागको बाली संरक्षक निर्देशनालयले बिर्तामोडको कृषि थोकमा प्रयोगशाला स्थापना गरेको हो ।

प्लान्ट क्वारेन्टाइन कार्यालयका क्षेत्रीय प्रमुख सुकदेव मैनालीले आइतबार लिइएको सब्जीको नमूनामा विषादीको मात्रा मानव स्वास्थ्यमा प्रतिकूल असर पु-याउने लेभलभन्दा न्यून पाइएको जानकारी दिनुभयो ।

जाँच गरिएको करेलामा अर्गेनोफोस्फेट ०.००२२ प्रतिशत र कार्वामेट १.२६७० प्रतिशत पाइएको छ ।

यसैगरी, ब्रोकाउलीमा अर्गेनोफोस्फेट १२.७२८ र कार्वामेट २.५१८३ पाइएको छ । काक्रामा अर्गेनोफोस्फेट ८.४७८८ र कार्वामेट २.३२८५ तथा खुर्सानीमा अर्गेनोफोस्फेट ०.३०४३ र कार्वामेट ३.२३८७ प्रतिशत पाइएको छ ।

जाँचले भारतबाट आयातीत हुने ब्रोकाउलीमा सबैभन्दा बढी र करेलामा सबैभन्दा न्यून विषादीको मात्रा फेला परेको देखाएको छ ।

मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले पूर्वी नाका काँकडभिट्टाबाट विषादीयुक्त र प्रतिबन्धित खाद्य वस्तुको आयात कडाइका साथ रोक्न सीमाका सरकारी कार्यालय र सुरक्षा निकायलाई पहिल्यै निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com