ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युरोपले युक्रेनको रक्षा गर्ने प्रतिबद्धताका लागि ट्रम्पसँग याचना गर्दै


ABC News

काठमाडौं १९ फागुन । एबीसी टिप्पणी : युरोपेली नाटोका मुख्य देशहरू र क्यानाडाको लन्डनमा भएको आपतकालीन सम्मेलन ओभल अफिसबाट गलहत्याइएर घाइते बनेका जेलेन्स्कीलाई मलम लगाउन सफल भए पनि थप रुपमा पुनः राष्ट्रपति ट्रम्पसँगै युक्रेनलाई बचाउन याचना गर्ने निष्कर्षले टुंगिएको छ। यतिसम्म कि बहुचर्चित यक्रेन समिटको साझा वक्तव्यसमेत जारी गर्न असफल भएको छ । युरोपले अब युक्रेनको लागि न्यायपूर्ण र सुरक्षित शान्ति सम्झौता सुनिश्चित गर्न र रक्षा गर्न चुनौतीको सामना गर्नुपर्ने व्यापक सहमति ग¥यो भने पनि कुनै विवरण प्रस्तुत गरिएन।

फेब्रुअरी २८ मा ह्वाइट हाउसमा भएको भयानक र विनाशकारी दृश्यहरूको सन्दर्भमा हतारमा विस्तार गरिएको यो सम्मेलनमा तत्कालताको प्रतित्रियात्मक भावनाजस्तो देखियो । सहभागी देशहरूको संख्या १८ पुगेको बैठकमा नाटो र युरोपेली संघका प्रमुखहरू र राष्ट्रपति जेलेंस्कीका साथै अमेरिकी राष्ट्रपतिको अपमान सहिरहेका क्यानेडेली प्रधानमन्त्री जस्टिन ट्रुडो पनि सहभागी भएका थिए ।
बेलायतका प्रधानमन्त्री सर कीर स्टार्मरको प्राथमिकता युरोपेली प्रतिबद्धताहरूलाई युक्रेनको रक्षा गर्न सुरक्षित गर्नुमात्र थिएन, युरोप र अमेरिका बीच, र सम्मेलनमा सर कीरको छेउमा बसेका जेलेंस्की र ट्रम्प बीचको सम्बन्ध सुधार गर्नमा केन्द्रित थियो।

स्टार्मरले सम्मेलन शुरू गर्दै युक्रेनको लागि स्थायी शान्ति सम्झौताप्रति अमेरिकी राष्ट्रपति पनि अन्य उपस्थित युरोपेली नेताहरू जत्तिकै प्रतिबद्ध छन् भन्ने कुरालाई कै पैरवी गरेका थिए । तथापि, उनले ट्रम्पले विकास गरिरहेका शान्ति सम्झौता युक्रेन वा युरोपले स्वीकार गर्न सक्ने प्रकारको हो कि होइन भन्ने बारेमा कुनै टिप्पणी गरेका छ्रनन् । विश्व चर्चित मार्च २ को लण्डन बैठक करिबमा दुई घण्टासम्म नियममा आधारित विश्व व्यवस्थाका सिद्धान्तहरूमा सहमति कायम गरेको भएपनि अन्य कुनै विवरणमा भने साझा गरिको छैन ।

बेलायत छोड्दै गर्दा विमानस्थलबाट बोल्दै, जेलेंस्कीले एक विद्रोही स्वर नै सुनाएका थिए । युक्रेनलाई सुरक्षा ग्यारेन्टीहरू आवश्यक छ भन्ने रटान दिंदै उनले त्यो बिना युद्धविराम व्यर्थ हुनेछ भनिरहेका थिए ।उनले क्षेत्र वा रूसमाथिको प्रतिबन्ध हटाउने कुरामा युक्रेनले कुनै पनि सम्झौता स्वीकार नगर्ने बताएर कस्तो युद्ध विराम चाहेका हुन् भन्ने झन विरोधाभाषी धारणा सार्वजनिक गरेका छन् ।

बैठकमा युरोपेली देशहरू, शुरूमा बेलायत र फ्रान्सको नेतृत्वमा, युक्रेनसँग मिलेर लडाइँ रोक्ने योजना बनाउने कुरामा सहमत भएका छन्। त्यसपछि ट्रम्प समक्ष उनीहरुको प्रस्ताव प्रस्तुत गर्ने भनिएको छ । नेताहरुका अनुसार चार आधारहरूमा आधारित शान्ति प्रक्रिया अघि बढ्नेछ : युद्ध चलिरहँदा सैन्य सहायता युक्रेनमा प्रवाह भइरहनुपर्छ र रूसमाथिको आर्थिक दबाब बढाउनुपर्छ; युक्रेन कुनै पनि शान्ति वार्ताको टेबलमा हुनुपर्छ र कुनै पनि स्थायी शान्तिले यसको संप्रभुता र सुरक्षा सुनिश्चित गर्नुपर्छ; तेस्रो, शान्ति सम्झौता भएपछि युरोपले युक्रेनको रक्षा क्षमता बढाउन जारी राख्नेछ । तर यी कुराहरुलाई अमेरिकी राष्ट्रपतिले स्वीकार गर्ने सम्भावना छैन । युरोपेली नेताहरुले इच्छुकहरूको गठबन्धनद्वारा संचालित एक युरोपेली सेना युक्रेनमा तैनाथ गरेर रुसी आक्रमणलाई रोक्ने ढाडस जेलेन्स्कीलाई दिएका छन् । अमेरिकी सैन्य बल यसको “ब्याकस्टप“ को रूपमा पछाडि हुनुपर्नेछ समेत उनीहरुले भनेको शर्त ट्रम्पले कसरी प्रतिक्रिया जनाउँछन् र यस्तो शर्तमा के भ्लादिमिर पुटिन युद्ध विराम गर्न तयार होलान भन्ने जबाफपछि मात्र निर्धारण हुनेछ ।

युरोपेली नेताहरुको अन्तिम बुँदाको योजना असफल हुन सक्छ। ट्रम्पको भ्रमणको क्रममा सर कीयर र फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोंले गत हप्ताको शुरूमा अमेरिकी राष्ट्रपतिलाई भेटेका थिए । दुवै नेताले अमेरिकी ब्याकस्टपको लागि कडा जोड दिएका थिए। यसो भन्नुका पछाडि उनीहरुको चिन्ता कुनै पनि युरोपेली सेना अत्यन्त कमजोर हुने कुरा पीडादायी रूपमा महसुुस गरेको ट्रम्पले बुझ्न चाहेको देखिएको थिएन ।

ट्रम्पले पुटिनलाई पूर्ण रूपमा भरोसायोग्य ठान्छन् भने सर कीर र अन्य युरोपेली नेताहरू, विशेष गरी जेलेंस्कीले पुटिनले गरेको कुनै पनि प्रतिबद्धता उनको अनुकूल समयमा तोड्छन् भन्ने त्रासमा छन् ।
ट्रम्पले म्याक्रोंलाई रुसी राष्ट्रपतिलाई युक्रेनमा युरोपेली सेनाको तैनातीको विचारमा कुनै आपत्ति छैन भन्ने जानकारी दिएका थिए “मैले उनलाई विशेष रूपमा यो प्रश्न सोधें। उनलाई यसमा कुनै समस्या छैन।“ ट्रम्पले म्याक्रों सँगै उभिएर बताएका थिए । तर रुसी विदेश मन्त्री सेर्गेई लाभरोभले युरोपेली सेना युक्रेनमा तैनाथ हुने कुराले“द्वन्द्वलाई थप बढावा दिनेछ चेतावनी दिइसकेका छन् ।

लन्डन सम्मेलनमा व्यक्त युरोपेली योजनाले युक्रेन वा वास्तवमा रूसले स्वीकार गर्न सक्ने शान्ति सम्झौतातर्फ लैजाने सम्भावना देखिंदैन ।
युक्रेन र युरोपको लागि खतरा धेरैतिरबाट उव्जेको छ। ट्रम्पले जेलेंस्कीलाई २०१९ मा बाइडेन परिवारका फोहोर निकाल्न नमानेको कुरालाई माफी दिएका छैनन् । ट्रम्पलाई यदि जेलेन्स्कीले हन्टर वाइडेनको युक्रेनको कारोबारको सूचना दिएको भए उनीमाथि पहिलो महाअभियोग लाग्ने थिएन भन्ने बझुाइ छ । त्यसमाथि जेलेंस्कीको खनिज सम्झौताको वार्ताको क्रममा उनको जिद्दीपन र अमेरिकाप्रतिको “असम्मान“ लाई विर्सन नै सजिलो छ । युरोपले आफ्नो सुरक्षाको जिम्मेवारी लिने समय भएको छ र युक्रेनको लागि कुनै पनि अमेरिकी सैन्य समर्थन पूर्ण रूपमा काटिने ट्रम्प प्रशासनको घोषित नीति बनिरहेको छ ।

यदि अमेरिकी सहायता काटियो भने, स्टार्मर–म्याक्रों योजनाको पहिलो आधार—कि युक्रेनलाई युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयेनले भने जस्तै “स्टिलको ढाल“ बनाउन सक्छन् त ? यदि यसमा नै युरोपले ध्यान केन्द्रित गरिरहेमा युक्रेन युद्धको भविष्य र विश्वकै भूराजनीतिक द्धन्द्ध कुन मोडमा पुग्छ ? चुनौती डरलाग्दोे हुनेछ ।


नर्डिक र पूर्वी युरोपेलीहरूले आफ्नो जीडीपी को १–२.५% बीच रक्षा खर्च गर्दै आएका छन्। जर्मनी र बेलायतले ०.२% भन्दा कम (अमेरिकाको जस्तै) विनियोजन गरेका छन् भने फ्रान्स, स्पेन र इटालीले त्यसको आधा मात्र खर्च छुट्याउँदै आएका छन् ।
पछिल्लो समय युरोपेली संघको ऋण नियमहरू रक्षा खर्चका लागि शिथिल गर्ने, बन्ड बजारहरूबाट युरोपेली रक्षा कोष स्थापना गर्न ट्याप गर्ने, र युरोपेली बैंक फर रिकन्स्ट्रक्शन एन्ड डेभलपमेन्टमा आधारित पुनरअस्त्र कोषको कुराकानी वरपर धेरै गतिविधि चलिरहेको छ । युरोपले आफ्नो पुनरअस्त्रको लागि धेरै पैसा खोज्नुपर्छ, तर तत्काल प्राथमिकता युक्रेनलाई लडाइँमा राख्ने कुरा अमेरिकी सहयोग विना असम्भव योजना हो ।

युरोपेली बैंकहरूमा २१० अर्ब युरो(२१८ अर्ब डलर) रुसी सम्पत्तिहरू फ्रिज गरिएका छन्। इन्टरनेशनल इन्स्टिच्युट फर स्ट्राटेजिक स्टडीजका सर जोन चिपम्यानले उल्लेख गरेअनुसार युरोपले फ्रिज गरिएका रुसी सम्पत्तिहरू जफत गर्नुपर्छ र तिनलाई युक्रेनको सैन्य र नागरिक पूर्वाधार पुनर्निर्माण गर्न प्रयोग गर्नुपर्छ। “यसले युक्रेनलाई उपलब्ध सबैभन्दा उन्नत सैन्य उपकरण किन्ने साधन दिनेछ।“ तर साधन दिने र बलियो बनाउने कुरा अमेरिकी आडभरोस हुँदासम्म मात्र हो । अमेरिकी निरपेक्षता साँच्चिकै उद्घाटित भएमा मस्को कहाँसम्म अघि बढ्छ भन्ने कसैले अनुमान नगरेजस्तो देखिन्छ । अर्को कोणबाट हेर्दा युरोपेली नेताहरु जतिसुकै दौडधुप गरेपनि आसन्न ट्रम्प–पुटिन शिखर सम्मेलन गरेको घोषणा मान्न सिंगो विश्व नै विवश भएको तथ्य यथावत छ ।

युक्रेनमा सोभियत युगमा यसको शक्तिशाली हतियार उद्योग थियो र यो पुनः रक्षा उत्पादन शक्तिकेन्द्र बन्ने बाटोमा अघि बढेको थियो । त्यसालाई नै नेटोले मलजल गर्दा यो युद्ध निम्तिएको हो । डेनमार्कले युक्रेन सरकार र स्थानीय हतियार निर्माताहरू बीचको ठेक्काहरूलाई वित्तपोषण गर्दै आएको छ । यही शैली अपनाएर बलियो हुने आशा समयसान्दर्भिक हुने सम्भावना छैन ।
जेलेंस्कीले युद्धक्षेत्रका आवश्यकताहरूको करिब ४०% घरेलु उत्पादन मार्फत पूरा भइरहेको दावी गर्दै आएका छन् । युक्रेनमा पश्चिमी रक्षा फर्महरूसँग संयुक्त उद्यमहरूमा रहेका छन् । मुख्य रुपमा जर्मनीको राइनमेटल र फ्रान्स–जर्मनको केएनडीएस जस्ता रक्षा उद्योग रहेका छन् । युक्रेनका रक्षा फर्महरूले ड्रोनहरू, इलेक्ट्रोनिक युद्ध प्रणालीहरू, र तोपखाना उत्पादन गरिरहेका छन् । जसरी मस्कोले गरिरहेको छ ।

आर्थिक सहायता वा ऋणमा पनि अमेरिका अलग्गिएमा यस्ता योजनाहरु त्यसै अलपत्र पर्ने निश्चित छ । युरोपमा रक्षा उद्योगहरू विस्तार गरिन थालेको भएपनि निकै कम रहेको बताइन्छ । दक्षिण कोरियाले युक्रेनलाई आवश्यक पर्ने प्रकारको किट पठाउने गरेको छ । दक्षिण कोरिया र पोल्याण्डबीच २०२२ देखि १६ अर्ब डलर मूल्यका ठेक्काहरूमा हस्ताक्षर भएको छ । यसले पोल्याण्ड आफ्नै सशस्त्र बलहरूलाई थप बलियो पार्ने बाटोमा अघि बढेको छ । तर अन्योलपूर्ण नेटोबीचको अवस्थाले त्यसको भविष्य पनि संकट पर्ने बताउन थालिएको छ ।

अमेरिकाबाट रक्षा उपकरण किन्ने कुख्यात रूपमा लेनदेनप्रिय कुरा ट्रम्पलाई आकर्षक लाग्न द इकोनोमिष्टले टिप्पणी गरेको भएपनि यस्तो अवस्थामा ट्रम्पले युक्रेनलाई हतियार विक्रि गर्छन् त भन्ने प्रश्नको उत्तर पहिले खोज्नु पर्छ । सर कीयर स्टारमर र म्याक्रोंले ट्रम्पसँगको सम्बन्ध–निर्माण गर्न प्रयासहरू जारी राख्नेछन्, यद्यपि तिनीहरूलाई निराशा मात्र हात लाग्न पनि सक्छ । राष्ट्रपति बुशले इराका युद्ध थोपर्द फ्रान्स सहभागी नभएको व्योहरेको बुहार्तन ट्रम्पसँगै लतारिने निश्चित छ । फेरि पनि पेरिस अन्तिमसम्म टिके पनि लण्डन ट्रम्पकै पछि लतारिनु उसको भाग्यमै लेखिएको कुरा हो । तसर्थ “हु विल डिफेन्ड युरोप?“ नामक पुस्तकका लेखक कीर जाइल्सले दिएको चेतावनी यतिबेला फेरि पुनः सान्दर्भिक भएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com