ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एक सय उधोग अट्ने औद्योगिक क्षेत्रको डिपिआर तयार हुँदै


admin

भीमदत्तनगर, ५ चैत । सरकारद्वारा घोषित प्रदेश नं ७ को एकमात्र कञ्चनपुरको दैजी छेलामा औद्योगिक क्षेत्र निर्माण प्रक्रिया अघि बढेको छ ।

स्थानीय बेदकोट नगरपालिकामा रहेको दैजी छेलामा औद्योगिक क्षेत्र निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) निर्माणका लागि एकचरणको काम सकिएको छ भने दोस्रो चरणका लागि टोली पुनः आउन लागेको बेदकोट नगरपालिकाका नगरप्रमुख अशोककुमार चन्दले बताउनुभयो ।

डिपिआर तयार गर्न केही दिनअघि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले खटाएको परामर्शदाताको एक प्राविधिक टोली आएको थियो । “एक चरणमा टोली आएर फर्किएको छ ।” नगरप्रमुख चन्दले भन्नुभयो, “थप प्राविधिकसहित पुनः टोली आउने भनेको छ ।” उक्त क्षेत्रको २९३ बिघा जमिन कित्ताकाट भएको उक्त सरकारी जग्गालाई औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका नाममा भोकाधिकार दिन मन्त्रिपरिषद्ले निर्णय गरेकाले औद्योगिक क्षेत्र स्थापना गरिने भएको प्रमुख चन्दको भनाइ छ ।

विसं २०५२ मा जिल्ला वन समन्वय समिति र साविकको दैजी गाविसको निर्णय बमोजिम दैजीका वडा नं ५ र ६ हाल बेतकोट नगरपालिकाको वडा नं २ र ३ को छेला आसपासको क्षेत्रमा औद्योगिक क्षेत्र स्थापना गर्ने पहल शुरु भएको थियो । विसं २०५६ असारमा जिल्ला वन समन्वय समिति छेलामा स्थापना हुने औद्योगिक क्षेत्रलाई आवश्यक जमिन उपलब्ध गराउन सहमत भएको थियो ।

छेला औद्योगिक क्षेत्रका लागि २०७१ पुसमा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले पूर्व सम्भाव्यता अध्ययन गरेको थियो । वन मन्त्रालयको ढिलासुस्तीका कारण औद्योगिक क्षेत्र विस्तारमा ढिलाइ भएको कञ्चनपुर उद्योग वाणिज्य संघको भनाइ छ ।

वन विभागले जिल्ला वन कार्यालयसंग यसबारे विवरण माग गरेकामा सो प्राप्त भएको छैन । सरकारले २०७२ चैत १ गते औद्योगिक क्षेत्र स्थापना गर्न चार किल्ला तोकी घोषणा भएका जग्गाको नाप जाँच र सीमा छुट्याई क्षेत्रफल यकिन गर्न दिएको निर्देशनसँगै जिल्ला नापी कार्यालयले उक्त काम गरिसकेको छ ।

विसं २०७३ माघ १४ गतेको मन्त्रिपरिषद्को निर्णय बमोजिम चार किल्ला संशोधन गरी पूर्वतर्फ छेला मुक्तकमैया बस्ती तथा धेउडीथुम खोल्सा, पश्चिमतर्फ चुरे वनक्षेत्र, दक्षिणतर्फ चाँदनीफाँटा बस्तीको चार किल्लाभित्रको जनचेतना सामुदायिक वनको करिब २०० हेक्टर र बेतकोट सामुदायिक वनको करिब ४५० हेक्टरसमेत ९०० बिघा जग्गा कायम गरिएको हो ।

राष्ट्रिय योजना आयोगले औद्योगिक क्षेत्रको स्थापना कार्यलाई छिटो छरितो र व्यवस्थित गर्नका लागि १३औँ योजनामा उद्योग क्षेत्र प्राथमिकताको क्षेत्र भएको जानकारी गराएको बेतकोट नगरपालिकाका प्रमुख चन्दले बताउनुभयो ।

दैजी छेला औद्योगिक क्षेत्रभित्र खाद्य, वन तथा कृषि, धातु, प्लाष्टिक, इन्जिनियरिङ र फेब्रिकेटिङ, मिनरल वाटर, कागज, सिमेन्ट, छडलगायत १०० वटा उद्योग स्थापना गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com