ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लेबनानलाई हराउँदै नेपाल एक खेलअघि नै फाइनलमा


एबीसी न्यूज
फाल्गुन ८, २०८१ बिहीबार  ८ : ०४ बजे

लेबनानलाई हराउँदै नेपाल एक खेलअघि नै फाइनलमा, उपाधि भिडन्त म्यानमारसँग

काठमाडौँ, ८ फागुन । फरवार्ड सावित्रा भण्डारी साम्बाको निर्णायक गोलमा नेपाल घरेलु मैदानमा जारी फोर नेसन्स अन्तराष्ट्रिय च्याम्पियनसिपको फाइनलमा पुगेको छ। त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा बिहिबार भएको खेलमा लेवनानलाई १–० गोल अन्तरले पराजित गर्दै नेपाल एक खेल अगावै फाइनलमा पुगेको हो।

लेवनानको लगातार दोस्रो हारले म्यानमार पनि एक खेल अगावै फाइनलमा पुगेको छ। नेपालले पहिलो खेलमा किर्गिस्तानलाई १–० गोल अन्तरले नै हराएको थियो। पहिलो खेलमा म्यानमारसँग ३–१ ले पराजित भएको लेवनान दोस्रो खेलमा पनि नेपालसँग पराजित भएको हो। आजै भएको पहिलो खेलमा म्यानमारले कीर्गिस्तानलाई ५–० को फराकिलो अन्तरले हराएको थियो। जितसँगै अपराजित रहेका म्यानमार ६ अंकमा शीर्ष र समान अंक भएको नेपाल दोस्रो स्थानमा छ।

नेपालले अब अन्तिम खेलमा आइतबार म्यानमारविरुद्ध खेल्नेछ। फाइनल पुगिसकेका दुवै टोलीबीचको सो खेल फाइनल अघिको अभ्यास हुनेछ। सोही दिन लेवनान र कीर्गिस्तान भिड्नेछन्। यी दुवै टोली शान्त्वना जितका लागि मैदान उत्रनेछन्।

बिहिबार भएको खेलको ४२ औँ मिनेटमा साम्बाको गोलमा नेपालले सुरुवाती अग्रता बनाएको थियो। विमला चौधरीको कर्नरमा सविता रानामगरको हेडर लेवनानका खेलाडीले क्लीयर गरेपनि त्यसकै रिवाउण्डमा साम्बाको प्रहार लेवनानकी फराह टेलरलाई लाग्दै गोलमा परिणत भएको थियो।

त्यसपछि नेपालले खेलमा थप गोल गर्ने मौका पाएपनि सदुपयोग भने गर्न सकेन। खेलको इन्ज्युरी समयमा लेवनानकी ज्वाहा अरबीको प्रहार क्रसबारमा लाग्दै फर्कियो। खेलको ५६ औँ मिनेटमा प्रिती राईको फितलो प्रहार लेवनानकी गोलरक्षकको हातमा सहजै पुग्यो।
५८ औँ मिनेटमा साम्बाको पासमा सविता रानामगरको प्रहार क्रसबारको माथिबाट आकाशियो। ७३ औँ मिनेटमा विमला चौधरीको कर्नरमा प्रिती राईको प्रहार आकाशियो।

त्यसअघि पहिलो हाफको आठौँ मिनेटमा क्रिष्टी मलौफको प्रहार नेपालकी गोलरक्षक एञ्जिाल तुम्बो सुब्बाले पन्च गर्दै जोगाईन्। दशौँ मिनेटमा विमला चौधरीको हेडर क्रसबारको माथिबाट आकाशियो। तेहौँ मिनेटमा लाला स्कन्दरको प्रहार पािलहे बारको नजिकबाट बाहिरियो। खेलको पन्धौँ मिनेटमा प्रिती राईको प्रहार क्रसबारको माथिबाट बाहिरियो। २२ औँ मिनेटमा रेखा पौडेलको ब्याक पासमा सावित्रा भण्डारीको प्रहार सेकेण्ड बारको नजिकबाट बाहिरिदा नेपालले अग्रता बनाउने मौका गुमाउन पुग्यो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

अबकी बार, सय पार ! गगनको नारा, शेखरको भावनात्मक अपिल : घर-घर पुग’

सम्बन्धित

रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

अबकी बार, सय पार ! गगनको नारा, शेखरको भावनात्मक अपिल : घर-घर पुग’

ओली झापा पुगे, बालेन काठमाडौंमा रणनीति बुन्न फर्के

झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु

झापा–५ : उम्मेदवारको भिडभन्दा बाहिर उभिएको जनताको प्रश्न

बैतडीमा जन्ती बोकेको बस दुर्घटना:१३ जानको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com